अफगानिस्तानमा एक महिना लामो कर्फ्यु घोषणा

  • साउन ११, २०७८
  • कालापानी मिडिया
alt

एजेन्सी ।
अफगानिस्तान सरकारले मुलुकभर एक महिना लामो कर्फ्यु घोषणा गरेको छ। विद्रोही संगठन तालिबानले मुलुकका अधिकांश भू(भाग लगातार नियन्त्रणमा लिन थालेपछि सरकारले कर्फ्यु घोषणा गरेको हो।

तालिबानले धेरैजसो सीमा क्षेत्रसहित आधाभन्दा बढी भू-भाग नियन्त्रणमा लिइसकेको छ। सरकारले राजधानी काबुलमा तालिबानको प्रवेश रोक्न कर्फ्यु आदेश जारी गरेको अनुमान गरिएको छ।

अमेरिकी र नेटो सैनिक फिर्ता भएसँगै अफगानिस्तानमा तालिबानसँगको युद्ध चर्किएको छ। सरकारले शान्ति वार्तालाई अघि बढाउन खोजिरहेका बेला तालिबानले अधिकांश ग्रामीण क्षेत्र नियन्त्रणमा लिएर सहरी क्षेत्रमा आफ्नो कदम बढाइरहेको छ।

चीन, पाकिस्तान, काजकिस्तान, तुर्कमिनिस्तान तथा इरानसँगको सीमा नाका नियन्त्रणमा लिएर सरकारको दैनिक राजस्व संकलनमा ठूलो क्षति पुर्‍याइरहेको तालिबानले सहर केन्द्रित आक्रमण सुरु गरे पनि अहिलेसम्म कुनै ठूलो सहर भने नियन्त्रणमा नलिएको अधिकारीहरुले जनाएका छन्। अफगान सरकारले राजधानी काबुल, पंजशीर र नन्गरहारबाहेक सबै प्रान्तमा निकै कडाइका साथ लागू हुने गरी कर्फ्यु घोषणा गरहेको बिबिसीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved