पारसले मापसे गरेकै थिएनन । प्रहरीेले बदनाम गर्न खोज्यो

के प्रहरीले समातेर लर्छान खोज्दा जान्न भन्नु नै प्रहरीमाथिको दुव्र्यवहार हो ?

  • श्रावण १६, २०७८
  • कालापानी मिडिया
alt

जे भयो सडकमा नहुनु पर्ने नै भयो । जो पात्र जोडिए घटनामा त्यो पनि नभएको भए जाती हुन्थ्यो । तर पूर्व युवराज पारस शाहलाई जुन रुपमा सडकमा प्रहरीले कारवाही गर्न खोज्यो, त्यो पनि पारसको मात्र गल्ती अनि प्रहरी चाहि शतप्रतिशत सही भएको तथ्य सामाजिक संजालमा सार्वजनिक भिडियोले देखाउदैन ।

भिडियोमा देखिएकै तथ्यमा आधारित भएर हेर्दाः
१. भिडियोमा प्रहरीले जुन तरीकाले पारशको हात समातेर ताने, त्यो दृश्यले पारसमाथि दुव्र्यवहार भएको देखिन्छ की पारसले प्रहरीमाथि दुव्र्यवहार गरेको देखिन्छ ?

२.पारसले प्रहरीले हात समातेर हिड भन्दा जान्न जान्न भनेको सुनिन्छ, देखिन्छ । के प्रहरीले समातेर लर्छान खोज्दा जान्न भन्नु नै प्रहरीमाथिको दुव्र्यवहार हो र ?

३.  डिउटीमा रहेका प्रहरीले पारशले रक्सी खाएको स्पष्ट बुझिने गरी भनेका छन । के रक्सी खाएको आरोपमा प्रहरीले पारसलाई पक्रन खाजेको हो रु मापसे जाँचका आधारमा प्रहरीले पारलाई रक्सी खाएको आरोप लगाएका हुन की आफू सही पारश गलत देखाउन त्यो रक्सी खाएको आरोप लगाएका हुन ?

४.  मानौं पारसले रक्सी नै खाएका रहेछन रे । उसो भए उनलाई रातभर थुन्ने र नियमानुसार कारवाही गर्ने हिम्मत ती पक्राउ गर्ने प्रहरी र उनका उपल्लो स्तरका हाकिमलाई किन आएन त ?

५. आफू माथिबाट पर्न प्रहरीले पारसलाई रक्सी खाएको आरोप लगाएको होईन भन्ने आधारहरु सार्वजनिक भिडियोबाट देखिन्छ र ?

६. पारस आफैमा न्यूज हुन । सडकमा प्रहरीले लछारपछार गर्न खाज्दै गर्दाको भिडियो पछि त उनी बिग न्यूज नै बनेका छन । नेपालका अधिकाँश मिडियालाई पारसको यो दृश्य व्रेकिंग न्यूज नै भयो । तर पारसलाई मात्र उदण्ड देख्ने मिडियाले प्रहरीको कारवाही शैलीलाई पनि न्यूज बनाउन पर्दैन र ?

७. आजका दिनमा प्रत्यक्षदर्शी नागरिक नै पारसको नाम सुन्दा नै ईरिटेड हुने कथित ठूला मिडिया भन्दा पनि सुपर मिडिया हुन, सन्चारकर्मी हुन । पारसको गल्ती र प्रहरीमाथि दुव्र्यवहार भएका महारजगन्ज चोकमा झुमिमएका नागरिकले देखेको भए पारसलाई त्यही भीडले किचेर, ठेलेरै स्वाहा पार्थे होलन । आखिर किन भीडले घेरेर पारसलाई संरक्षण दियो त ?  यो एंगलबाट त नेपाली मिडियाले न्यूज बनाउनु पनि अपराध ठहर्ने होला हैन ?

८.पारसले बाईक चलाउदा हेल्मेट नलगाए बापत उनलाई कारवाही गर्ने कानुन स्पष्ट छ । कानुन काम गर्ने दिनमा हो । एउटा पूर्व राजकुमारलाई चोरलाई जस्तो सडकमा समातेर लछारपछार गर्न खोज्ने प्रहरीको शैली नै जो रक्षक उही भक्षक गर्ने काईदा हो भनेर त भिडियोले नै भन्छ, भनिरहेको छ नी छैन र ?

९. पारसलाई जहाँ भेट्यो त्यही बल प्रयोग गरेर कारवाही गर्ने प्रहरी शैली कति व्यवहारिक हो ? सिसिटिभी पनि थियो होला पारसलाई फलो गर्न । अघिल्लो नाकामा अरु प्रहरी पनि थिए होलान । शहरमा पारशको उदण्डता नियन्त्रणका लागि प्रहरीले घिसार्न खोज्नैपर्ने बाहेक अरु उपाय किन प्रहरीले खोजेन होला ?

१०. अक्सर घर वरपर निस्कदा कमै मान्छेले हेल्मेट लगाउछन । निर्मल निवास र नारयाण गोपाल चोकको दुरी कति छ रु त्यहाँ आउजाउ गर्दा हेल्मेट छुटनु के पारसको ज्यान मार्ने, देश बेच्ने भन्दा ठूलो अपराध नै थियो त ?

११. अचेल स्टन्टबाजी गरेर रातारात हिरो बन्ने भूतले प्रहरीलाई सताएको होईन भने, नाम, थर, ठेगाना, पद, हैसियत, औकात सबै दिनको घाम जत्तिकै छर्लंग भएका पारसलाई सडकमा लछारपछार गर्ने असफल प्रयास गर्नु प्रहरीको एकजना नागरिक माथिको दुव्र्यवहार हो । पूर्व युवराजमाथिको अभद्र व्यवहार हो ।

तर्कहरुका लागि तर्क मात्र होईन्न यी सबै शव्द । भिडियो हेरेपछि भिडियोले भन्न खोजेका कथाहरुको संगालो मात्र हो ।

पारीवारीक श्रोत के भन्छ ?
पूर्व युवराज पारस शाहले रक्सी खान छोडेको लामो समय भइसकेको पारीवारीक श्रोतको भनाई छ । यदि यनको बोलीको शैलीको कुरा गर्ने हो भने बोली पहिले देखि त्यस्तै हो । प्रहरीको सिपाहीको बोली पूर्व युवराजमाथि ठुलै हत्या र आतंक गरे झै गरी लछारपछार गर्ने, ताना तान गर्दै गाडी पठाइदिनु एस्लाई लानु पर्यो, हल्ला गरी राछ रक्सी खाएर भन्ने । नत्र त साच्चिकै मदिरा सेवन गरकै हो झै गरी । यो सरासर प्रहरीले अभद्र व्यवहार गरेको हो। भलै हेल्मेट नलगाउनु गलत हो तर, जुन अभद्र व्यवहार प्रकट भयो यो निन्दनीय हो । अलिक तनावमा भएकाले निर्मल निवास बाट निस्कदानै उनले हेल्मेट नलगाई निस्के तर उनले प्रहरीमाथी खासै दुर्व्यहवार गरेका त छैनन् नी । राम्ररी ध्यान पूर्वक हेर्नुस भिडियोले नै प्रष्ट हुन्छ गल्ती कस्को छ भनेर ।

आफ्ना माग राख्न राजनीतिक दलका नेताहरुले बिना हेल्मेट हुलका हुल प्दर्शन गर्दा प्रहरी के हेरेर बसिरहन्छ ? के ति राजनीतिक दलका नेता तथा कार्यकर्ताले जे गर्दा नी हुने हो वा केही भन्न नसकेर छोडिन्छ उनिहरुलाई । जब जब राजसंस्थाको नाम जनजन बाट लिन सुरु हुन्छ केहि न केहि नकारात्मक हल्ला फिँजाउने तत्वहरु सल्वलाउन थालछन् । र आजको घटनापनि त्यही भएको हो भन्दा कुनै फरक नपर्ला ।

पारीवारकि श्रोतले भन्छ पारश निर्मल निवासबाट हेल्मेट नलगाई निस्कुन भयो त्यो सहि हो तर मापसे एकदम गलत हो झुटो आरोप लगाइएको छ । पारसलाई जे भन्दा नि हुन्छ, जे गर्दा नि हुन्छ भन्ने सडकमा खटिएका प्रहरीको यो सोच निकै अमानवीय छ । निन्दनीय छ । हेक्का रहोस आफु जोगिनकै लागि पारशले मापसे ग¥यो भनेर बदनाम गराउन खोज्नुले पारसको मात्र बदनाम हुदैन प्रहरीको नियतमाथी नै प्रश्न उठ्छ ।

त्यसैले, अबदेखि यस्तो नभैदेदिए सबैका लागि सधैका लागि राम्रो होला । आफू भलो त जगत भलो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
धनगढीबाट उडेको श्री ...

काठमाडौं । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयर लाईन्सको जहाज २ घण्टा २२ मिनेट आकाशमा उडेपछि भैरह ...

कथा वाचक शितल कृष्ण ...

काठमाडौं । भागवत कथा बाचक आचार्य श्री शीतलकृष्णजी महाराजले आफूमाथि अन्याय गरेको भन्दै श्रीमती सुकृति ...

भूमि वितरण र राजस्व ...

काठमाडौं । सरकार सस्तो लोकप्रियताकै लागि जग्गा बाँड्ने नै योजना ल्याउँछ र सार्वजनिक तथा सरकारी जमिनम ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved