स्वास्थ्य मन्त्रालयले तोक्यो अनुगमन र कोभिडको तेस्रो लहरको व्यवस्थापनका लागि सम्पर्क व्यक्ति

  • साउन २६, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भइरसको संक्रमणको रोकथाम, उपचार तथा व्यवस्थापनमा हालसम्म भएका कामको अनुगमन र तेस्रो लहर व्यवस्थापनका लागि सातै प्रदेशमा सम्पर्क व्यक्ति तोकेको छ। स्वास्थ्य मन्त्रालयले तेस्रो लहरको व्यवस्थापनका लागि प्रदेश १ मा डा मदन उपाध्याय, प्रदेश २ मा डा प्रकाश साह, बागमतीमा डा गुणराज लोहनी, गण्डकीमा नारायण ढकाल, लुम्बिनीमा डा पवनजंग रायमाझी, कर्णालीमा डा अनुज भट्टचन र सुदूरपश्चिम प्रदेशमा डा कृष्ण पौडेललाई सम्पर्क व्यक्ति तोकेको हो।

प्रदेश र स्थानीय तहमा भएको कोभिड–१९ को प्रतिकार्य तथा सम्भावित तेस्रो लहरको व्यवस्थापनको तयारीका लागि सातै प्रदेशमा सम्पर्क व्यक्ति तोकिएको मन्त्रालयले जनाएको छ।

सातै प्रदेशका सम्पर्क व्यक्तिले स्थानीय तह तथा प्रदेशमा कोरोना प्रतिकार्यका विषयमा छलफल गर्ने तथा तेस्रो लहरको तयारीको व्यवस्थापनको कार्यमा संलग्न हुनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved