अफगानिस्तानको पाकटिया घाग रेडियो स्टेशनका प्रधान सम्पादकको हत्या, एक पत्रकार बन्धक

  • श्रावण २६, २०७८
  • कालापानी मिडिया
alt

एजेन्सी । अफगानिस्तानको पाकटिया घाग रेडियो स्टेशनका प्रधान सम्पादक टोफान ओमारीको आइतबार काबुलको देह सब्ज जिल्लामा हत्या गरिएको स्थानीय प्रशासनले जनाएको छ।

उनलाई अफगान तालिबान समूहले हत्या गरेको हुनसक्ने प्रशासनले जनाएको छ। यद्यपि, ओमारीको मृत्युको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन। यसैगरी उनीहरूले युद्धग्रस्त अफगानिस्तानको हेलमन्ड प्रान्तमा एक टेलिभिजन पत्रकारलाई बन्धक बनाएर लगेको बताइएको छ।

अफगानिस्तानको खानमा प्रेसले बताएअनुसार स्थानीय बुस्ट रेडियो स्टेशनका प्रधान सम्पादक तथा खोस्ट प्रान्तमा अवस्थित गारगाख्ट टिभी च्यानलका संवाददाता नियाम तुल्लाह हेमतलाई हेलमन्ड प्रान्तको नावा जिल्लामा तालिबान लडाकुहरूले बन्दी बनाएर लगेका थिए। ओमारी अफगानको राजधानी काबुलको बाग्राम जिल्लाको न्यायिक तथा न्याय केन्द्रका वकिल पनि रहेको बताइएको छ।

खानमा प्रेसले बताएअनुसार अफगानिस्तानमा ओपन सञ्चारका लागि आवाज उठाउँदै आएको नाइ नामक संस्थाका प्रान्तीय प्रमुख अबुल सामी घारतमालले हेमातलाई सोमबार नावा जिल्लाको आफ्नो घरबाट बाहिर लगिएको बताए। घारतमालले अफगानिस्तानमा सञ्चारकर्मीहरूसँग गरेको वाचा पालना गर्न र पत्रकारलाई जतिसक्दो चाँडो रिहा गर्न तालिबानलाई आग्रह गरेका छन्‌।

तालिबान समूहले पछिल्ला दिनहरूमा हेलमन्ड प्रान्तका सबै जिल्लाहरूलाई नियन्त्रणमा लिएको छ भने प्रान्तीय राजधानी लश्करगाहमा अफगान राष्ट्रिय सैनिक तथा सुरक्षा बलसँग लडिरहेको छ। पछिल्लो समय तालिबानको आक्रामक गतिविधिका कारण कयौँ सरकारी फौज र निर्दोष नागरिकहरूको ज्यान गएको छ। अफगानिस्तानभर सोमबार मात्र करिब ७० तालिबान लडाकूको मृत्यु भएको सेनाले बताएको छ।

गत वर्षको फेब्रुअरीमा अमेरिका र तालिबानबीच हस्ताक्षर गरिएको नयाँ शान्ति सम्झौताअन्तर्गत अमेरिकी सेनाले ठूलो संख्यामा युद्धग्रस्त अफगानिस्तान छोड्न थालेको केही समयपछि नै यो समूहले ठूला तथा आक्रामक हमला गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved