अर्थमन्त्रीले खर्च घटाउने कुरो स्वेत पत्रमा गम्भीरताका साथ लिएको छैन डा.लोहनी

  • श्रावण २७, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । पूर्वअर्थमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले अर्थमन्त्रीले मंगलबार प्रतिनिधिसभामा प्रस्तुत स्वेत पत्रमा खर्च घटाउने विषयलाई गम्भीरताका साथ नलिएको टिप्पणी गरेका छन् । बुधबार सामाजिक सञ्‍जालमा टिप्पणी लेख्दै डा. लोहनीले स्वेत पत्रमा वार्षिक साधारण खर्च एक खर्ब घटाउने कुरा भने स्वागतयोग्य रहेको बताएका हुन् ।

उनले लेखेका छन्, मूलत ऋणमा व्यापक वृद्धि र आयात र उपभोग केन्द्रित अर्थतन्त्रबारे उनको चिन्ता ठीक छ । यदि यसबारे वर्तमान सरकार साँच्चिकै गम्भीर हो भने यो वर्ष साधारण खर्च कम से कम एक खर्ब घटाउँछु भनेर उनले आट गरे त्यसको स्वागत गर्नु पर्छ । कहाँ घटाउने भन्ने कुरो डा.डिल्ली खनालको खर्चसम्बन्धी प्रतिवेदन हेरे पुग्छ, उनले लेखेका छन्, तर खर्च घटाउने कुरो स्वेत पत्रमा गम्भीरताका साथ लिएको छैन । यदि यही प्रवृत्ति रह्यो भने शर्माको स्वेत पत्र पनि अरु पुरानो अग्रगामी स्वेत पत्रजस्तो अग्रगामी गफाडीको गफ हुने छ ।

अर्थमन्त्री जनार्दन शर्माले पनि हरेक अग्रगामी अर्थमन्त्रीले जस्तै आफूभन्दा अगाडिकोलाई सराप्ने काम गरेको भन्दै अध्यक्ष लोहनीले असन्तोष व्यक्त गरेका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले मंगलबार प्रतिनिधिसभाको बैठकमा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ प्रस्तुत गरेका थिए । वर्तमान सरकारले जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्रका सूचकहरु के कस्तो अवस्थामा रहेका छन् भन्ने विषयमा तथ्याङ्कीय झलक प्रस्तुत गरिएको छ । अर्थमन्त्री शर्माले अघिल्लो सरकारले जारी गरेको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न विधेयक ल्याउने जानकारी दिएका थिए ।

ुसत्ता सहयात्री दलहरुबीचको साझा न्यूनतम कार्यक्रम, वर्तमान सरकारको नीति र प्राथमिकता, जनचाहना तथा कोभिड–१९ महामारीको कारण सिर्जित चुनौती समेतको सम्बोधन हुने गरी सुधार गर्न छिट्टै नै प्रतिस्थापन विधेयक प्रस्तुत गर्नेछुु उहाँले भन्नुभयो । कोभिड १९ महामारी नियन्त्रण नयाँ सरकारको प्राथमिक कर्तव्य भएको उल्लेख गर्दै मन्त्री शर्माले २०७८ साउन २५ गतेसम्म ४५ लाख २५ हजार ४ सय ३५ जनाले पहिलो र २६ लाख ६ हजार ४६ जनाले पूर्ण मात्रा खोप लगाइसकेको जानकारी दिनुभयो ।

साथै उहाँले हालसम्म करिब १ करोड डोज खोप नेपाल भित्रिएको तथ्याङ्क प्राप्त भएको जानकारी दिनुभयो । मन्त्री शर्माले भूकम्पबाट प्रभावित अर्थतन्त्र विस्तारै सकारात्मक दिशातर्फ अघि बढिरहेको अवस्थामा कोभिड–१९ महामारीले पुनस् शिथिल बन्न पुगेको जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved