राप्रपाका पत्रकारहरुको संगठन मिडिया नेपालमा भुइचालो -एकै पटक ६ जनाको राजीनामा

  • श्रावण ३०, २०७८
  • कालापानी मिडिया
alt

इटहरी ।  राजसंस्था प्रति आस्था राख्ने सञ्चारकर्मिहरूको साझा संगठन मिडिया नेपालमा हलचल मच्चिएको छ । महाधिवेशन भएको सात महिना सम्म पनि अध्यक्ष बाहेक अन्य पदाधिकारी बिहिन मिडया नेपालमा नेतृत्व पक्षले गतिशिल पाइला चाल्न नसकेको निस्कर्ष निकाल्दै एकै साथ ६ जना केन्द्रीय सदस्यले राजीनामा दिएका हुन्।

शनिबार भर्चुयल माध्यमबाट मिटिङ बोलाउन बाध्य बनाएका उनिहरुले राजीनामामा पत्रमा पार्टीमा भएको गुटबन्दीलाई पनि मिडिया नेपालमा हाबी बनाइएको बताउदै आएका छन् । संगठनलाई बलियो बनाउने र कार्ययोजना बनाएर अघि बढन नेतृत्वलाई पटक पटक आग्रह गर्दा पनि कुनै सुनुवाई नभएपछि राजीनामा दिइएको पनि बताइएको छ ।

पूर्व कोषाध्यक्ष राधिका जोशीको नेतृत्वमा ६ जना केन्द्रिय सदस्यहरुले एकै पटक राजिनामा दिएका हुन् । उनिहरुले नेतृत्व प्रती असन्तुष्टि जनाउदै भर्चुयल मिटिङमा नेतृत्व प्रतिको असन्तुष्टि, मिडिया नेपालमा पत्रकार भन्दा राप्रपाका कार्यकर्ता बढि भएको बताउदै आफुहरु निस्केको बताएका छन् । आफुहरुले पटक पटक संस्था सुद्धिकरण गर्नुपर्छ भन्दै आएपनि अध्यक्ष गोपाल पौड्यालले नसुनेर आफ्नै ढंगले संस्था अगाडी बढाइरहेको उनिहरुको निष्कर्ष छ । मिडिया नेपाललाई पार्टीको सुभेच्छुक संस्था भनिएपनि भातृ संगठन बनाएको उनिहरुको आरोप छ ।

यति मात्रै होइन गत फागुन २१ गते बुटवलमा भएको महाधिवेशनको नाममा मिडिया नेपाल उठाएको आर्थिक विवरण समेत सार्वजनीक नगरेको, पत्रकार महासंघको महाधिवेशनमा समेत आर्थिक उठाइएको तर, सार्वजनीक नगरिएको, आथिक हिनामिना गरिएको चरम आरोप लाग्दा समेत अध्यक्ष चुप लागेर बसेकै कारण यस्ता गैर जिम्मेवार ठाउँमा बसिरहनुको आचित्य नभएको उनिहरुको तर्क छ । पूर्व कोषाध्यक्ष राधिका जोशीको नेतृत्वमा केन्द्रिय सदस्यहरु विकल रेग्मी, बिमल जैरु, अनिल श्रेष्ठ, राधिका श्रेष्ठ र कासिराम शर्माले एकैपटक राजिनामा आएको हो ।

राजिनामा पत्रमा चार जना काठमाडौमा उपस्थित भएका कारण चार जनाको हस्ताक्षर मात्रै भएको र अर्का कासीराम शर्माले र बिमल जैरु आफुपनि राजिनामा दिने वताएपनि डडेल्धुरामा बिमल जैरुलाई भने यतिबेला पार्टीका नेताहरुको दवाव आएपछि संस्थाभित्रै संघर्स गर्ने बताउदै आएका छन् ।
राजिनामा पत्रमा भनिएको छ ।

मिडिया नेपालमा स्थापनादेखि विभिन्न कालखण्डमा आवद्ध भएका हामी तपसिलका पत्रकार साथीहरू अब उप्रान्त मिडिया नेपालमा निरन्तरता दिन नसक्ने भएकोले आजैका मितिदेखि लागू हुने गरी राजीनामा गरेका छौँ । सामान्यतया संगठन समान विचार र भावनामा आवद्ध संस्था हो । मिडिया नेपाल मुलुकभर रहेका राष्ट्रवादी, राजावादी र सम्बर्द्धनवादमा आधारित संगठन बनाउने उद्देश्यले स्थापित भएको सत्य र तथ्य कसैसामु छिपेको छैन । संगठन भनेको एक सहकर्मीको सुख र दुखको सारथि पनि हो । र, एकलाई पर्दा अर्कोलाई होस्टेमा हैँसे गर्ने भावनात्मक सम्बन्ध विकसित गर्ने सेतु पनि हो । पेशागत र व्यवसायिक संगठन त आफ्नो पेशागत सुरक्षा र संगठनमा भएका व्यक्तिहरूको करिअर बनाउन सहयोग पुर्याउने र सफलताको मार्गमा प्रेरित गर्न बाटो देखाउने संस्था नै हो । पेशागत संगठनहरूले आफ्ना सदस्यहरूलाई रोजगार, पुरस्कार, सम्मान तथा आआफ्नो क्षेत्रको वृत्ति विकासको अवसर प्रदान गर्ने गरेका छन् । तर दुर्भाग्यका साथ भन्नुपर्छ यी सामान्य र स्वाभाविक काममा मिडिया नेपाल चुकेकोमात्र छैन । यो संगठन मुलुकभरका राजावादी पत्रकारहरूलाई एकीकृत गर्ने छाताको रुपमा स्थापित हुन सकेन । साझा चौतारी बन्नुपर्नेमा यो संगठन त केवल एउटा दलमा मात्र सीमित रहेन, दलको एउटा गुट र त्यसको कोटरीमा मात्र रमायो । मुलुकभर राजावादी र हिन्दुवादी पत्रकारहरूको संख्या ठूलै छ । तर यसले त्यस्ता पत्रकारहरूलाई समेट्न सकेन । मुख्यतया नेतृत्वको अक्षमता र चरम व्यक्तिवादी प्रवृत्तिले संस्थाले सांगठनिक स्वरुप लिन सकेन । अरु त के बुटवलमा भएको अधिवेशनपछि तत्काल संगठनलाई पूर्णता दिनुपर्ने हो त्यो त भएन नै । बरु महिनौँसम्म संगठनको बैठकसमेत हुन सकेन । पत्रकार महासंघको निर्वाचनमा पनि अवसरवाद देखियो । जो व्यक्ति संगठनमै छैनन् तिनलाई संघगठनबाट सिट दिइयो । फलस्वरुप ति अवसरवादीले के गरे भनिरहनु पर्दैन होला । यति हुदा पनि एक पटक समिक्षा सम्म हुन सकेन । मिडिया नेपालले कोभिड महामारीले पीडामा परेका पत्रकारको हकहितमा काम गर्न पटक्कै ध्यान दिएन । पीडित पत्रकार आहात हुँदा राहत दिने अपेक्षा त के गर्नु ? जबकि संगठनमाथि आर्थिक पारदर्शिताको गम्भीर आरोप पनि लागिरहेको छ । यतिबेला हामीलाई कुनै व्यक्ति विशेषप्रति आवेश र आग्रहमा आएर कुनै टिप्णी गर्नु छैन । यसै पनि हामी धर्म मान्छौँ । हामी नास्तिक होइनौँ । अझ हामी हाम्रो धर्म संस्कृतिको जगर्ना र सम्बर्द्धन गर्नुपर्छ भनेर लागिरहेका छौँ । त्यसैले हामी यथार्थ जगमा उभिएका छौँ । संगठनलाई टुकुचाको ढलमा बगाइरहँदा र यसको धारलाई निस्तेज पार्ने काम भइरहँदा हामीले टुलुटुलु हेरेर बस्नु परिरहेको छ । ध्यानाकर्षण गराउँदा हाम्रो नेतृत्व घण्टकर्ण बनेर कर्तब्यच्युत भएर बसेको छ । अब यो परिस्थितिमा हामी मिडिया नेपालमा बस्न नसक्ने अवस्थामा छौँ । हाम्रो राजीनामा आजैका मितिबाट स्वीकृत गर्न अनुरोध गर्दछौँ । हामी जहाँ रहे पनि राष्ट्रवादी आन्दोलनमै हुने छौँ । राजावादी पत्रकारकै पहिचान हाम्रा लागि प्यारो हुने छ । हिन्दुवादी पत्रकार भनेर कसैले भनेमा हामी गौरव महसुस नै गर्ने छौँ । धन्यवाद ।

राधिका जोशी, अनुपमा

विकल रेग्मी

बिमल जैरु

अनिल श्रेष्ठ

राधिका श्रेष्ठ

कासिराम शर्मा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved