तालिबानको पत्रकार सम्मेलन: हामीविरुद्ध लडेका सबैलाई माफी दियौं, महिलाहरुसँग काँधमा काँध मिलाएर काम गर्छौं

  • भदौ २, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । अफगानिस्तान कब्जा गरेपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै तालिबानले आफूहरुविरुद्ध लडेका सबैलाई आम माफी दिइएको जनाएको छ । साथै कसैप्रति भेदभाव नगरिने भन्दै तालिबानले महिलाहरु काँधमा काँध मिलाएर काम गर्ने जनाएको छ ।

काबुलमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले विदेशीलाई निकालेर २० वर्षपछि देशलाई मुक्त गरेको बताए । यसलाई उनले गौरवको क्षण भनेका छन् ।
शरिया कानुन अनुसार महिलाहरुको हक तय गर्न आफूहरु प्रतिबद्ध रहेको उनले बताए । उनले भने, महिलाहरु हामीसँग काँधमा काँध मिलाएर काम गर्नेछन् । हामी अन्तर्राष्ट्रिय समुदायलाई भरोसा दिलाउन चाहन्छौं कि उनीहरुसँग कुनै भेदभाव गरिने छैन ।’

महिला अधिकारको बारेमा उठिरहेको प्रश्नको बारेमा उनले भने, ‘हामी महिलाहरुलाई आफ्नो व्यवस्थामित्र रहेर काम गर्ने र पढ्ने अनुमति दिनेछौं । महिलाहरु हाम्रो समाज र हाम्रो ढाँचाभित्र रहेर निकै सक्रिय हुनेवाला छन् ।’

धार्मिक मान्यता अनुसार काम गर्ने अधिकार आफूहरुलाई भएको बताउँदै प्रवक्ता जबिहुल्लाहले भने, ‘अरु देशका अलग(अलग दृष्टिकोण, नियम र कानुन भएजस्तै हामी अफगानी नागरिकलाई हाम्रो नियम, कानुन तय गर्ने अधिकार छ ।

हामीविरुद्ध लडेका सबैलाई माफ गरिदियौं’

अफगानिस्तान अब संघर्षको मैदान नबन्ने बताउँदै जबिहुल्लाहले भने, ‘हामी अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त पार्न चाहन्छौं कि कसैलाई क्षति हुन दिने छैनौं । हामी अन्तर्राष्ट्रिय समुदायसँग कुनै उल्झन चाहँदैनौं ।’

तालिबानविरुद्ध लडेका सबैलाई माफ गरिदिएको बताउँदै उनले अब दुश्मनी समाप्त भएको बताए । ‘हामी अब देशभित्र वा बाहिर कुनै दुश्मन चाहँदैनौं । काबुलमा अब अराजकता देख्नु छैन,’ उनले भने, ‘अफगानिस्तानमा स्थिरता या शान्तिका लागि सबैलाई माफी गरिदिएका छौं । हामी हाम्रा लडाकु तथा अन्य सबै मिलेर हाम्रो साथमा अन्य सबै गुट र पक्षलाई ल्याउने छौं ।’

विदेशी सुरक्षा बलसँग रहेर काम गरेका ठेकेदार र अनुवादकको बारेमा सोधिएको एक प्रश्नमा उनले भने, ‘हामीले कसैसँग बदला लिंदैनौं ।’ उनले अगाडि भने, ‘जो युवा अफगानिस्तानमा हुर्किए, पढे, हामी चाहँदैनौं कि उनीहरु यहाँबाट जाउन् । उनीहरु हाम्रा सम्पति हुन् । कसैले पनि उनीहरुको ढोका ढक्ढकाउने छैन र उनीहरुले कसका लागि काम गरिरहेका छन् भनेर सोध्ने छैन । यस्ता व्यक्तिहरु हाम्रो शासनकालमा सुरक्षित रहनेछन् । कसैसँग सोधपुछ गर्ने वा उनीहरुको पिछा गर्ने काम हुने छैन ।’

मिडियाप्रति प्रतिबद्ध

तालिबान प्रवक्ताले पत्रकार सम्मेलनमा आफूहरुको सांस्कृतिक ढाँचामा रहेर मिडियाहरुले काम गर्न पाउने बताए । उनले भने, ‘मिडियाहरुले हाम्रा कमीकमजोरीमा ध्यान दिनुपर्छ, ताकि हामीले देशका लागि राम्रो सेवा गर्न सकौं । तर मिडियाहरुले यो पनि ध्यान दिनुपर्छ कि इस्लामी मूल्यमान्यताविरुद्ध कुनै काम गर्नु हुँदैन ।’ मिडियाहरुले अफगानिस्तानको एकताका लागि काम गर्नुपर्ने उनले बताए ।

तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले अब छिटै सरकार गठन गर्ने बताए । सरकार बनेपछि कुन(कुन कानुन लागु गर्ने भन्ने निश्चित गर्ने बताए । देशका सबै सीमा आफूहरुको नियन्त्रणमा रहेको बताउँदै उनले भने, ‘सरकार बनाउनका लागि गम्भीरताका साथ काम गरिरहेका छौं । यसको घोषणा सबै तयारी पूरा भइसकेपछि हुने छ ।’

काबुलको प्रवेशद्वारमा रोकिने आफूहरुको योजना भए पनि असक्षम सरकारबाट जनतालाई सुरक्षित राख्न काबुल भित्रै प्रवेश गर्नु परेको उनले सुनाए ।

उनले भने, ‘काबुलको प्रवेशद्वारमा रोकिने हाम्रो योजना थियो ताकि संक्रमणको प्रक्रिया सुचारु रुपमा सम्पन्न होस् तर दुर्भाग्य सरकार निकै असक्षम थियो । उसका सुरक्षा बलले सुरक्षा कायम राख्न खास काम गर्न सकेनन् । यस्तो अवस्थामा हामीले नै केही गर्नुपर्‍यो । काबुलका जनताको सुरक्षा तय गर्नका लागि हामीलाई काबुल प्रवेश गर्नुपर्‍यो ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved