जसपा पनि विभाजन, नयाँ दल दर्ताका लागि महन्थ ठाकुर पक्षको निवेदन

पार्टीको नाम जसपा लोकतान्त्रिक, चुनाव चिन्ह साइकल

  • भदौ २, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका नेता महन्थ ठाकुरले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि नेता ठाकुर समूहले नयाँ पार्टी दर्ताको निवेदन दिएको हो।

नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) र चुनाव चिन्ह साइकल राखिएको छ। नयाँ पार्टीमा अध्यक्ष ठाकुर एकल अध्यक्ष रहने छन् भने वरिष्ठ नेतामा राजेन्द्र महतो रहने भएका छन्।

निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादवलाई दिएपछि नेता ठाकुरले नयाँ पार्टी दर्ता गरेका हुन्। ठाकुरले नयाँ पार्टी दर्ता गरेसँगै जसपा विभाजनले पनि औपचारिकता पाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved