काठमाडौं । देशभर पछिल्लो समय थप ३ हजार ४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १६ हजार ८ सय ३८ जनाको कोरोना परीक्षण गरिएको थियो।
कोरोना संक्रमणबाट बुधबार ४२ जनाको मृत्यु भएको छ। त्यस्तै, २ हजार १ सय ४ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ।
काठमाडौंमा ७ सय ११, भक्तपुरमा १ सय २२ र ललितपुरमा १ सय ६० गरी काठमाडौं उपत्यकाभित्र कुल ९ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved