सप्तरी । दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमाले निकट युवा संघ नेपालले सप्तरी सदरमुकाम राजविराजमा मसाल जुलुस प्रदर्शन गरेको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि बुधबार युवा संघले राजविराजमा मसाल जुलुस प्रदर्शन गरेको हो । युवा संघका जिल्ला अध्यक्ष चितरञ्जन यादवको नेतृत्वमा युवाहरुले मसाल जुलुस निकालेका हुन् ।
नगरको विभिन्न भागमा मसाल जुलुस प्रदर्शन गर्दै स्थानीय जनआन्दोलन चोकमा पुगी कोणसभाको आयोजना गरिएको थियो । कोणसभामा बोल्दै वक्ताहरुले दल विभाजनलाई बढावा दिने किसिमले ल्याएको अध्यादेश खारेज हुनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved