बागमतीमा अष्टलक्ष्मीले लिइन् मुख्यमन्त्रीको सपथ नेपालकै पहिलो महिला मुख्यमन्त्री

  • भदौ ३, २०७८
  • कालापानी मिडिया
alt

हेटौंडा । बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पद तथा गोपनीयताको सपथ लिएकी छिन्।
प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले शाक्यलाई पद तथा गोपनीयताको सपथ गराएका हुन्। मुख्यमन्त्रीबाट डोरमणि पौडेलले आजै दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख प्रसाईले शाक्यलाई मुख्यमन्त्री नियुक्त गरेका थिए। नियुक्तिलगत्तै प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री शाक्यले सपथ लिएकी हुन्। उनी नेपालकै पहिलो महिला मुख्यमन्त्री बन्न सफल भएकी छिन्।

शाक्य नेकपा एमालेकी उपाध्यक्ष हुन्। वरिष्ठ नेता माधवकुमार नेपाल पक्षकी सशक्त नेतृ शाक्य नेपालले आज निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गराए पनि संस्थापन पक्षमै रहेर मुख्यमन्त्री बन्न पाएकी हुन्। परिस्थिति बद्लिएपछि अचानक आजै दिउँसो हेटौंडामा बसेको प्रदेशसभा संसदीय दलको बैठकबाट निवर्तमान मुख्यमन्त्री पौडेलकै प्रस्तावमा शाक्य सर्वसम्मत संसदीय दलको नेता चयन भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved