मधेसका मुद्दालाई राजनीतिक दाउपेचको विषय बनाइनु दुर्भाग्यपूर्ण - राप्रपा अध्यक्ष राणा

  • भदौ ४, २०७८
  • कालापानी मिडिया
alt

४ भदौ, काठमाडौं । राप्रपा अध्यक्ष पशुपतिशमशेर जबराले मधेसका मुद्दालाई राजनीतिक दाउपेचको विषय मात्र बनाउने ठूला राजनीतिक दल र मधेस केन्द्रीत दलको क्रियाकलाप अस्वभाविक र लज्जास्पद रहेको बताउनु हुँदै मधेसको मामिलामा राप्रपा मात्रै जिम्मेवार दल भएको बताउनु भएको छ ।

आज पार्टी केन्द्रीय कार्यालयमा आयजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष राणाले पूर्ववर्ती सरकारले ४०५ को प्रावधान राखी जारी गरेको राजनीतिक दल सम्बन्धि अध्यादेशको चर्को विरोध गर्ने हालको गठबन्धनका दलहरुले दल र संसदमा २०५ को प्रावधान सहितको अध्यादेशले राजनीतिक अस्थिरता सिर्जना गर्ने ठोकुवा गर्नुभएको छ ।

सरकार गठनको एक महिना भन्दा बढी समय भइसक्दा सरकारलाई पूर्णता समेत दिन नसक्ने सरकारबाट जनताले ठूलो आशा राख्न नसकेको बताउदै अध्यक्ष राणाले सरकार असफल हुने संकेत देखिइसकेको उल्लेख गर्नुभएको छ ।

233617197_242933651032391_5850302127111592755_n

विभिन्न राजनीतिक दल परित्याग गरि सप्तरीका तीन दर्जन भन्दा बढी राप्रपामा प्रवेश गरेका छन् । नवप्रवेशीलाई अध्यक्ष राणाले पार्टीमा प्रवेश गराउदै स्वागत गर्नुभएको छ । लामो समय नेपाली कांग्रेसमा रहि ०५४ को निर्वाचनमा राजविराज नगरपालिकामा मेयर पदको उमेदवार रहेका, ट्रेड युनियनमा आबद्ध उमेश कमाण्डो भनिने उमेशप्रसाद शाह सहित सुरेन्द्र कुमार साह, रामबहादुर साफी, मुरबिमा साफी, अरबिन्द साह, रबि साह, मुकेस साफी, हरदेब सुनार, करण साफी, जानकी रजक, प्रभात सहनी, अशोक रजक, भगवान गुप्ता, सिफेटलाल खङ्ग, चौरबी खङ्ग, हरिदेब मण्डल, गणेश सहनी, श्रीमती सावित्री देवी, हनुसादेवी शाह, शिबजी सदा, जया महतो, काजल महतो, निलम सदा, जाकिर रजक, उभदल गनी, सुशीला दास, निर्मला सहनी, शंकर साह लगायत तीन दर्जन भन्दा बढी नेपाली कांग्रेस, एमाले, जसपाबाट राप्रपामा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved