विद्यालय बन्द रहेको अवधिमा पनि दिवा खाजा कार्यक्रम अन्तर्गतको रकम निकासा

  • भदौ ५, २०७८
  • कालापानी मिडिया
alt

जनकपुर । प्रदेश २ का केही स्थानीय तहले सामुदायिक विद्यालयमा विद्यार्थीका लागि सञ्चालित दिवा खाजा कार्यक्रममा अनियमितता गरेको पुष्टि भएको छ । कोरोना संक्रमणको कारण ०७६ चैत ११ बाट ‘लकडाउन’ले गर्दा विद्यालय बन्द रहेको अवस्थामा पनि देशभरका ४१ वटा स्थानीय तहले विद्यालयलाई दिवा खाजा कार्यक्रमअन्तर्गतको रकम निकासा गरेको देखिएको छ । दिवा खाजा अनियमिततामा संलग्नमध्ये अन्य प्रदेशको तुलनामा प्रदेश २ कै स्थानीय तह धेरै छन् ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार धनुषाको सबैला नगरपालिकाले १ करोड १३ लाख रुपैयाँ, गणेशनाथ चारनाथ नगरपालिकाले ८१ लाख रुपैयाँ, जनकनन्दिनी गाउँपालिका धनुषाले ५५ लाख ९६ हजार रुपैयाँ तेस्रो चौमासिक अवधिको रकम निकासा गरेका छन् । यस्तै सिरहाको सिरहा नगरपालिकाले १ करोड ३८ लाख रुपैयाँ, रौतहटको फतुवा विजयपुर नगरपालिकाले ९७ लाख रुपैयाँ, गरुडा नगरपालिकाले ७७ लाख रुपैयाँ सम्बन्धित विद्यालयमा पठाएका छन् ।

यी लगायत मुलुकका २८ वटा नगरपालिकाले लकडाउन अवधिलाई समेत जोडेर दिवा खाजामा १४ करोड २१ लाख ६८ हजार ५८२ रुपैयाँ विद्यालयहरुलाई निकासा गरेको पाइएको छ ।

त्यसैगरी देशभरका १३ वटा गाउँपालिकाले १६६ वटा विद्यालयलाई लकडाउन अवधिमा समेत दिवा खाजामा ६ करोड ३ लाख ५६ हजार रुपैयाँ निकासा गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
रौतहटको दुर्गा भगवती गाउँपालिकाले १ करोड २१ लाख ७१ हजार रुपैयाँ, यमुनामाई गाउँपालिकाले ७४ लाख ९९ हजार रुपैयाँ, सप्तरीको छिन्नमस्ता गाउँपालिकाले ५९ लाख ८६ हजार रुपैयाँ, सर्लाहीको कौडेना गाउँपालिकाले ५४ लाख ७२ हजार रुपैयाँ निकासा गरेको जनाइएको छ ।

दिवा खाजाको रकम विद्यालयलाई निकासा दिँदा अभिभावकलाई नगदै वितरण गर्ने व्यवस्था नभए पनि रौतहटस्थित परोहा नगरपालिकाले बितेको वर्षमा अभिभावकलाई नगद रकम बुझाउने गरी दिवा खाजा बापतको १ करोड १७ हजार रुपैयाँ निकासा गरेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved