‘सयौँ’ तालिबान लडाकु पन्जशीर कब्जा गर्न हिँडे, विरोधीले दिए रक्तपातको चेतावनी

  • भदौ ७, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । अफगानिस्तानको विद्रोही समूह तालिबानले आफ्ना ‘सयौँ’ लडाकु पन्जशीर उपत्यकातर्फ गएको जनाएको छ । आइतबार राति तालिबानले लडाकु त्यसतर्फ प्रस्थान गरेको जनाएको हो ।

तालिबानको नियन्त्रणमा अझै नरहेको अफगानिस्तानका केही क्षेत्रमध्येको पन्जशीर एक हो । राजधानी काबुलको उत्तरमा रहेको पन्जशीर तालिबानविरोधीहरूको गढको रूपमा रहेको छ । त्यसको नेतृत्व अहिले पूर्वमुजाहिदीन कमान्डर अहमद शाह मसुदका छोरा अहमद मसुदले गरिरहेका छन् । बीबीसीका अनुसार अलकायदाले ९/११ को अमेरिका आक्रमणको दुई दिनअघि अहमद शाह मसुदको हत्या गराएको थियो ।

तालिबानले आफ्नो ट्विटर ह्यान्डलबाट ट्विट गर्दै ‘स्थानीय अधिकारीहरू’ले शान्तिपूर्ण रूपमा पन्जशीर प्रान्त उसलाई हस्तान्तरण गर्न अस्वीकार गरेपछि इस्लामिक इमिरेट्सका सयौँ मुजाहिदीनहरू त्यसलाई नियन्त्रणमा लिन जाँदै गरेको’ जनाएको छ ।
काबुलमाथि तालिबानको नियन्त्रणपछि हजारौँ व्यक्ति पन्जशीरतिर गएका छन् ।

मसुदको नेतृत्वमा रहेको तालिबानविरोधी बलले तालिबानसित लड्नको लागि करिब नौ हजार मानिस जम्मा गरेको दाबी गरेको छ ।मसुदले आफूहरू अफगानिस्तानको रक्षाको लागि तयार रहेको भन्दै रक्तपातको चेतावनी दिएका बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved