अफगानिस्तान- काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल विस्फोटमा ६० भन्दा बढीको मृत्यु

  • भदौ ११, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलको हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल अगाडि बिहीबार साँझ भएको विस्फोटमा ज्यान गुमाउनेको संख्या ६० पुगेको छ। १ सय ६० जना घाइते भएका छन्।

यो संख्या अझै बढ्न सक्ने आँकलन गरिएको छ। दुई ठूला विस्फोटका घटनामा चारजना अमेरिकी सैनिक सहित १३ अमेरिकी नागरिकको पनि मृत्यु भएको बीबीसीले जनाएको छ। घटनापछि विमानस्थलबाट हुने सबै उडान बन्द गरिएको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आतंकवादी संगठन आईएसआईएसको खुरासनले हमला गरेको जनाएको छ।

बिहीबार साँझ हमिद कारजाई विमानस्थलको गेटमा पहिलो विस्फोट भएको थियो। त्यसपछि एयरपोर्ट नजिकै ब्यारन होटल क्षेत्रमा विस्फोट भएको थियो। जहाँ बेलायती सैनिक बस्दै आएका थिए।

पेन्टागनका अनुसार एयरपोर्ट बाहिर तीन सन्दिग्ध देखिएका थिए। यिनमा दुईजना आत्मघाती आक्रमणकारी थिए। अर्का व्यक्ति भने बन्दुक बोकेर आएका थिए। तालिबानले यसलाई आतंकवादी हमला भनेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनलाई हमलाबारे जानकारी पुगेको छ। विस्फोटपछि एयरपोर्टमा लगातार गोली चलेको थियो। एक अधिकारीले यस घटनामा कयौँ अफगानी नागरिक मारिएको बताएका छन्।

यसअघि तालिबानले अमेरिकालाई चेतावनी दिँदै ३१ अगस्टसम्म देश छाडिसक्न भनेको थियो। अमेरिकाले पनि तोकिएको समय सीमामा हट्ने बताएको थियो। तर ह्वाइट हाउसले ३१ अगस्टपछि पनि उद्धार अभियान जारी राख्ने बताएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved