काबुल विमानस्थलमा थप आक्रमण हुनसक्ने राष्ट्रपति बाइडेनको चेतानी

  • भदौ १३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुल विमानस्थलमा आतंकवादीले थप आक्रमण गर्न सक्ने चेतावनी चेतावनी दिएका छन्। अफगानिस्तानमा रहेका आफ्ना सैन्य कमाण्डहरुले फेरि आक्रमणको सम्भावना रहेको बताएको बाइडेनले उल्लेख गरेका हुन्।

तालिबानको कब्जामा गएको अफगानिस्तानबाट अमेरिकाले अझै पनि आफ्ना नागरिक, कर्मचारी तथा सहयोगीहरुको उद्धार गरिरहेको छ। तर बेलायती सैनिकको अन्तिम समूह, कूटनीतिज्ञ तथा अधिकारीहरुले भने काबुल छोडेका छन्। गत बिहीबार काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा १३ अमेरिकी सैनिकसहित कम्तीमा १७० जनाको ज्यान गएको थियो।

सो आक्रमणको जिम्मा इस्लामिक स्टेट-के (आइएस-के) ले लिएको थियो। जवाफमा अमेरिकाले शुक्रबार अबेर अफगानिस्तानको पूर्वी क्षेत्रमा ड्रोन आक्रमण गरेको थियो।​ खोरसान प्रान्तमा आइएस-के अखडालाई निशाना बनाइएको आक्रमणमा सो समूहका दुई उच्च सदस्य मारिएको अमेरिकाले बताएको छ।

मारिनेहरु काबुल विमास्थल आक्रमणका योजनाकार रहेको अमेरिकी सैनिकको भनाइ छ। अफगानिस्तानमा रहेका मध्ये आइएस–के सबैभन्दा अतिवादी र हिंस्रक बिद्रोही समूह हो। सो समूहको तालिबानसँग गम्भीर मतभेद रहेको छ। अमेरिकासँग भएको शान्ति सम्झौताका लागि तालिबानले युद्ध मैदान छोडेको आरोप आइएस-के को छ।

तालिबानले अमेरिकाले गरेको हावाई आक्रमणको निन्दा गरेको छ। समाचार संस्था रोयटर्ससँग तालिबानका एक प्रवक्ताले अमेरिकाले हवाई आक्रमण पूर्व आफूहरुसँग सल्लाह लिनु पर्नेमा नलिएको बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved