गैँडाकोट नगरपालिकाको कार्यालयमा तालाबन्दी

घर डुबानमा पर्दा पनि जनप्रतिनिधिले बेवास्ता गरेको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन् ।

  • भदौ १४, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । गैँडाकोट नगरपालिकाको कार्यालयमा स्थानीयले तालाबन्दी गरिदिएका छन्। अविरल वर्षाले घर डुबानमा पर्दा पनि जनप्रतिनिधिले बेवास्ता गरेको भन्दै उनीहरुले आइतबार तालाबन्दी गरेका हुन् ।

अविरल वर्षाले नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गैँडाकोट–४ मा २०० भन्दा बढी घर डुबानमा परेको थियो। नगरपालिकाको प्रशासनिक भवनमा तालाबन्दी गरेर स्थानीयले डुबानबाट मुक्ति दिन नगरपालिकाले नसकेको भन्दै पानीको निकास दिन आफूहरुले नै काम गर्ने बताएका छन्।

गैँडाकोट–४ का तीर्थ पौडेलले निरन्तर परेको पानीले घर डुबानमा परेपछि घरमा खान, बस्न, सुत्न समस्या हुँदा समेत स्थानीय सरकारले चासो नदिएको गुनासो गरे।
अव्यवस्थितरुपमा बस्ती बसाइएको र पानीको निकास नगरिँदा आफ्नो घर तथा पसल डुबानमा परेको उनले बताए। पूर्वपश्चिम राजमार्गसँगै जोडिएको राजमार्गको उत्तरतर्फ पर्ने गैँडाकोट–४ मा घर तथा पसल डुबानमा परेका हुन्।

उनकाअनुसार डुबानले स्थानीयका लाखौँ रुपैयाँ बराबर नोक्सान भएको छ। आफूहरुलाई बर्खे पानीको निकास चाहिएको र जनप्रतिनिधिले निकासमा वास्ता नगरेपछि बाध्य भएर तालाबन्दी गरिएको उनले बताए।

पानी निकासका लागि नगरपालिकाले वडा कार्यालयलाई देखाउने वडा कार्यालयले नसक्ने भनेपछि स्थानीय रुष्ट भएका स्थानीय अमिन श्रेष्ठले बताए।

उनकाअनुसार अघिकांश एक तले घर डुबानमा परेपछि खाना बस्नका साथै शौचालय जान पनि नसकिने अवस्था रहेको छ। यस क्षेत्रमा बर्खाको बेलामा प्रत्येक वर्ष एउटै समस्या दोहोरिने गरेको भए पनि यसको दीर्घकालीन समाधान भने हुन नसकेको उनको गुनासो छ।
गैँडाकोट–४ का वडाध्यक्ष कृष्णप्रसाद न्यौपानेले वडाले मात्रै निकास दिन नसक्ने भएकाले सबैको समन्वयमा मात्र काम गर्न सकिने स्पष्ट पारे।

नगरप्रमुख छत्रराज पौडेलले सो स्थानमा बर्सेनि समस्या दोहोरिने गरेको र अस्थायी रुपमा भए पनि पानीको निकास गरिने बताए।

‘जेसिभी लगेर नाला निर्माण गरेर अस्थायी रुपमै भए पनि पानीको निकास गर्नेछौँ। यो ठाउँमा सडक विस्तारको काम भइरहेकाले पनि पानीको उचितरुपमा निकास गर्न सकेका छैनौँ,’ उनले भने।

जेसिभीलगायतका उपकरणको प्रयोग गरी नगरभित्र जमेको पानीलाई नारायणी नदीतर्फ निकास गर्ने काम तुरुन्त सुरु गरिहाल्ने नगर प्रमुख पौडेलले बताए। अस्थायीरुपमै भए पनि जमेको पानी हटाउनतर्फ नगरपालिकाको पहल रहने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved