अभिभावक गुमाएका बिद्यार्थीहरुका लागी दुई बिद्यालयमा अक्षयकोषकाे स्थापना

  • भदौ १५, २०७८
  • कालापानी मिडिया
alt

रेवत पारघरी लिम्बु, तेह्रथुम ।
तेह्रथुम जिल्लाको छथर गाउँपालिका ४ फक्चामारामा रहेकाे दुई बिद्यालयमा एकै साथ छात्राबृत्ती अक्षयकोष स्थापना गरीएको छ । छथर गाउँपालिका ४ फाक्चामाराकाे हाक्पारामा जन्म भई शिक्षा अार्जनकाे शिलसिलामा अाधरभुत तह युकेमा अध्यायन गरि माध्यमिक तह नवीन शिक्षा सदन मा.वि.फाक्चामाराबाट एस. एल. सी. उत्तीर्ण गरेका चन्द्रकला ईमेहाङ्ग कर्मथलाेकाे रुपमा हाल युकेमा रहनु भएकाे छ ।
समाजसेवी ईमेहाङले एकै साथ अाफु जन्मेकाे गाउकाे दुई विद्यालयमा अक्षयकोषकाे स्थापना गरेका हुन । ईमेहाङ्गले अाफ्नाे ४१ औ जन्म उत्सवको अवसरमा छथर गाउँपालिका ४ साविक फाक्चामारा १ हाक्पारामा रहेको जलकन्या आधारभुत बिद्यालयमा उनका आमा स्व. गंगादेबी लिम्बुको स्मृतीमा १ लाख १० हजार रुपैयाँको स्व. गंगादेबी स्मृती छात्राबृत्ती अक्षयकोष र छथर गाउँपालिका ४ फाक्चामारा साविक वडा नं. २ बतासेमा रहेको सिद्धगेणश माध्यमिक बिद्यालयमा उनका दाजु स्व. ओम प्रकाश लिम्बुको स्मृतीमा १ लाख बराबरको स्व. ओम प्रकाश स्मृती छात्राबृत्ती अक्षयकोष स्थापना गरेका छन । उक्त अक्षयकाेषबाट बिद्यालयमा अध्यायनरत अभीभावक गुुमाएका अनाथ तथा असाहय बिद्यार्थीहरुलाई छात्राबृत्ती प्रदान गर्ने उदेश्यका साथ चन्द्रकलाले अक्षयकोष स्थापना गरेको बताए ।
जलकन्या आधारभुत बिद्यालयमा अक्षयकाेष दाताकाे तर्फबाट आईतबहादुर ईमेहाङले बिद्यालयका प्रधानध्यापक तेजबहादुर लिम्बु र विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष ताेकेन्द्र लिम्बुलाई अक्षयकोषको नगद रकम र प्रमाणपत्र प्रदान गरेका थिए । त्यस्तै सिद्धगणेश माध्यमिक बिद्यालयमा अक्षयकाेष दाताकाे तर्फबाट पुर्व बिद्यालय ब्यावस्थापन समितीका अध्यक्ष सिद्धीमान लिम्बुले बिद्यालय ब्यावस्थापन समितीका अध्यक्ष जयराम लिम्बु र प्रधानध्यापक युकेन्द्र लिम्बुलाई प्रदान गरेका थिए ।
चन्द्रकलाले यस अघी पनि छथर ४ फाक्चामारामा रहेको नविन शिक्षा सदन माध्यमिक बिद्यालयमा ४० जना अनाथ विद्यार्थीहरुलाई छात्राबृत्ती र छथर जोरपाटी गाउँपालिका ५ परेवादिन धनकुटामा रहेको दिब्यश्वरी आधारभुत बिद्यालयमा अक्षयकोष स्थापना गरि सकेका छन । ईमेहाङ्गले आमा तथा बुवा गुमाएका अनाथ बिद्यार्थीहरुलाई समस्या भए जुनसुकै समयमा पनि सहयोग गर्ने प्रतिबद्धता गरेका छन ।
 
 
 
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved