अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीको डेब्युमा एम्बाप्पेद्वारा दुई गोल

  • भदौ १५, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीले आइतबार पेरिस सेन्ट जर्मन ९पिएसजी० बाट डेब्यु गरे पनि लिग वान अन्तर्गत रेइम्समाथि २–० को जित हात पारेको खेलमा दुवै गोल गर्दै किलियन एम्बाप्पे दिनको आकर्षणको केन्द्र बने। ३० नम्बर जर्सी पहिरिई मेसी ६६औं मिनेटमा नेइमारलाई प्रतिस्थापित गर्दै वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्दा उपस्थित करिब २१ हजार दर्शकले उनको चर्को समर्थन गरेका थिए।

तीन साताअघि नै पिएसजीमा अनुबन्धित भए पनि मोउरिसियो पोचेटिनोले मेसीलाई मैदान उतारेका थिएनन्। गत वर्ष मेसीले अध्यक्षलाई फ्याक्समार्फत क्लब छोड्न चाहेको बताएसँगै उनलाई अनुबन्धित गर्न पिएसजी र म्यानचेस्टर सिटी इच्छुक देखिएका थिए। तर अन्तिम समयमा बार्सिलोनाले उनको चर्को फुकुवा रकम तोकेपछि दुवै क्लब पछि हटेका थिए। यस सिजन मेसीले बार्सिलोनामा आधा तलबमा ५ वर्षका लागि सम्झौता गर्ने तयारी गरे पनि स्पेनिस ला लिगाको आर्थिक नियम बाधक बन्दा मेसीको बार्सिलोना बहिर्गमन निश्चित भएको थियो।

पिएसजीबाट आइतबार डेब्यु गरे पनि पहिलो रोजाइ र पहिलो गोलका लागि भने उनले सेप्टेम्बर ११ सम्म कुर्न पर्नेछ। लिग वानमा पिएसजीले सेप्टेम्बर ११ मा क्लेमोन्टको सामना गर्नेछ।

‘मेसीको पिएसजी डेब्युलाई लिएर म निकै खुसी छु,’ पिएसजीका प्रशिक्षक माउरिसियो पोचेटिनोले भने, ‘मेसी अझै आफ्नो स्वाभाविक लयबाट टाढा छन् तर उनी निरन्तर प्रशिक्षणमा छन् र एक–दुई सातामै उनी लयमा फर्कनेमा म आशावादी छु। हामी मेसीको उत्कृष्ट लयको पर्खाइमा छौं।’

एम्बाप्पेको ला लिगा क्लब रियाल मड्रिड जाने खबरले मेसीको पिएसजी आगमनपछि भने उनको चर्चा सेलाएको थियो। तर लगातार रियाल मड्रिड जाने खबर सार्वजनिक भइरहँदा एम्बाप्पेले भने आफू पिएसजीमै प्रतिबद्ध रहेको संकेत गरेका छन्। पहिलो दुई खेलमा पनि गोल गरेका एम्बाप्पेले लगातार तेस्रो खेलसम्म पनि गोल यलाई निरन्तरता दिएका हुन्।

‘एम्बाप्पे हाम्रा खेलाडी हुन् र यो फुटबल हो र यहाँ सरुवा बजार बन्द नभएसम्म अनेकौं हल्ला चल्छ,’ पोचेटिनोले भने, ‘क्लब एम्बाप्पेलाई राख्न सकारात्मक छ। म एम्बाप्पे टोलीमा रहिरहँदा निकै खुसी छु। उनी टोलीका उत्कृष्ट र महत्वपूर्ण खेलाडी हुन्। उनका उपस्थिति मेरा लागि सधैं अमूल्य छ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved