पर्वत पहिरो : चार जिल्लाको सम्पर्क विच्छेद, हेलिकोप्टरबाट बिरामीको उद्धार

  • भदौ १९, २०७८
  • कालापानी मिडिया
alt

विष्णु गौतम, पर्वत ।
अविरल वर्षापछि आएको पहिरोले गण्डकी प्रदेशका चार जिल्लाको सम्पर्क विच्छेद भएको छ । शुक्रबार बिहान पर्वतको कुश्मा नगरपालिकाका विभिन्न सात ठाउँमा पहिरो जाँदा बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङको सडक, बिजुली र सञ्चार सेवा विच्छेद भएको हो ।

बाटो अवरुद्ध भएपछि धौलागिरी अस्पताल बागलुङबाट गम्भीर बिरामीलाई हेलिकोप्टरबाट उद्धार गरी पोखरा लगिएको छ ।

यस्तै उक्त पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ ।

सदरमुकाम कुस्मा नगरपालिका–३, दुर्लुङ भोगेनीका माधव शर्माको घर माथिबाट आएको पहिरोमा पुरिँदा परिवारका पाँच जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ७५ वर्षीया आमा कौशिला पौडेल, ३५ वर्षीया श्रीमती भगवती पौडेल, १६ वर्षीया छोरी विमला पौडेल, ११ वर्षीया विनिता पौडेल र ९ वर्षीय छोरा विनोद पौडेल छन् ।

यस्तै कुस्मा–११, सिल्मीका मनिलाल पौडेलको घर माथिबाट खसेको पहिरोले पुरिएको छ । उनको घरमा पाहुना बस्न आएका मोदी गाउँपालिका–७, राम्जाका ३८ वर्षीय दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेशको मृत्यु भएको छ ।

मोदी गाउँपालिका–५, अम्बोटमा अविरल वर्षाका कारण ओखलढुंगा सामुदायिक वनबाट आएको पहिरोले फूलमाया थापाको मृत्यु भएको छ । जस्तापाताले बनेको उनको घर पहिरोले बगाउँदा ५० वर्षीय थापाको घटनास्थलमै मृत्यु भएको हो ।

यसै गरी कुस्मा–११, पपुवा पाल्चेका हरि पौडेलको घर पहिरोले भत्किँदा दुई जनाको मृत्यु भएको छ । पहिरोमा उनकी ४० वर्षीया श्रीमती मायाकुमारी पौडेल, उनका ३ वर्षीया छोरा प्रयुस पौडेलको मृत्यु भएको हो ।

पहिरोमा हिरा पौडेलकी ७० वर्षीया आमा डल्ली पाध्या पौडेल हालसम्म बेपत्ता छिन् । उनको खोजी कार्य भइरहेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

यस्तै पहिरोले पोखरा–कुस्मा सडकखण्ड अवरुद्ध भएको छ । पोखरा–३२, खुँदीखोलाले बगाउँदा ६० वर्षीय रमेश मगरको मृत्यु भएको छ । खोला तरेर गगनगौंडातर्फ जाने क्रममा उनलाई खोलाले ३० मिटर जति बगाएको थियो ।

रुखमा अड्किएका उनलाई प्रहरीले उद्धार गरी अस्पताल लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved