काठमाडौं । सुुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा स्क्रब टाइफस, कालाजार र डेंगुका बिरामी बढ्न थालेका छन् । साउन महिना यता मात्रै स्क्रब टाईफसका १९६ नयाँ बिरामी फेला परेका छन् । जसमा ६३ जना पुरुष र १ सय ३३ जना महिला रहेका छन् ।
आर्थिक वर्ष २०७८–०७९ को साउन महिना यता कैलालीमा सबैभन्दा बढी ७७ जनामा स्क्रब टाइफस फेला परेको छ । यस्तै दार्चुलामा पनि ५४ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
त्यस्तै प्रदेशमा डेंगुका बिरामीसमेत फेला परेका छन् । साउन यता प्रदेश भरिमा २३ जना डेंगुका बिरामी फेला परेका छन् । जसमध्ये कैलालीमा मात्रै १४ जनामा डेंगु भेटिएको छ । त्यस्तै प्रदेशभरिमा २६ जना पुरुष र १३ जना महिला गरी ३९ जनामा कालाजार भेटिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved