संखुवासभामा जिल्ला समन्वय समिति प्रमुखसहित १५ जना जनप्रतिनिधि नेकपा (एकीकृत समाजवादी)मा

  • भदौ २३, २०७८
  • कालापानी मिडिया
alt

संखुवासभा । संखुवासभाको जिल्ला समन्वय समिति प्रमुखसहित १५ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन्। मंगलबार जिल्ला निर्वाचन कार्यालयमा जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यसहित जनप्रतिनिधिले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए।

एकीकृत समाजवादी संखुवासभाका नेता हेमराज घिमिरेका अनुसार जिल्ला समन्वय समितिका प्रमुख शाक्य, खाँदबारी नगरपालिका उपप्रमुख डेगेश्वरी श्रेष्ठ, पाँचखपन नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष कृष्णबहादुर खड्का, पाँचखपन नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष छत्रबहादुर न्यौपाने, सभापोखरी गाउँपालिका वडा नम्बर ५ वडाध्यक्ष याम सुब्बासहित १५ जना जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालयमा पुगेर एकीकृत समाजवादी सनाखत गरेको बताए।

त्यस्तै जिल्ला समन्वय समितीका सदस्य एक जना र वडा सदस्य नौ जनाले समेत एकीकृत समाजवादी सनाखत गरेका छन्। यसअघि संखुवासभाका प्रदेशसभा सदस्य सरिता थापा, पदमकुमारी गुरुङ समाजवादी पार्टीमा सनाखत गराएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved