तालिबानले बनायो मुल्लाह मोहम्मद हसन अखुन्दलाई प्रधानमन्त्री

  • भदौ २३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । अफगानिस्तानमा तालिबानले अन्तरिम सरकार घोषणा गरेको छ। मुल्लाह मोहम्मद हसन अखुन्दलाई तालिबानले प्रधानमन्त्री बनाएको छ।

सन् १९९०को दशकमा तालिबानको शासनकालमा उनी कन्दाहार राज्यको गभर्नर थिए। उनी तालिबानका सह(संस्थापक मुल्लाह ओमर निकटका मानिन्छन्। ओमरलाई संयुक्त राष्ट्रसं‌घले कालोसूचीमा राखेको छ। अखुन्दको उमेर ६० आसपास रहेको बताइएको छ। अखुन्द तालिबान समूहभित्र सबैले मान्ने नेतामा रुपमा चिनिने रोयटर्सले जनाएको छ। उनी यसअघि त्यहाँको उपविदेशमन्त्री समेत रहिसकेका छन्।

तालिबानका प्रवक्ता जुबिहुल्लाह मुजाहिदले मंगलबार पत्रकार सम्मेलन मार्फत अन्तरिम सरकारको घोषणा गरेका हुन्। तालिबानको राजनीतिक कार्यालय प्रमुख मुल्लाह अब्दुल घानी बरादार उप-नेता (उपप्रधानमन्त्री)को रुपमा रहनेछन् भने सिरजुद्दिन हक्कानीलाई अन्तरिम मामिलामन्त्री बनाइएको छ। उनी हक्कानी नेटवर्कका संस्थापकका छोरा हुन्।

तालिवानका संस्थापक मुल्लाह ओमरका छोरा मोहम्मद याकुबलाई रक्षामन्त्री बनाइएको छ। यस्तै, हेदुतल्लाह बाद्री अर्थमन्त्री भएका छन्। तालिबान समूहका वार्ता दलका सदस्य अमिर खान मुताक्कीलाई विदेश मन्त्रालयको जिम्मेवारी दिइएको छ। ३३ सदस्यीय हुने मन्त्रिपरिषद्का अन्य सदस्यहरुको नाम विस्तारै घोषणा गरिने प्रवक्‍ता मुजाहिदले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved