बाइडेन र चिनफिङबीच भयो टेलिफोनमा कुराकानी

  • भदौ २५, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङबीच शुक्रबार कुराकानी भएको छ।

सिन्ह्वाका अनुसार शुक्रबार बिहान दुई नेताहरूबीच टेलिफोनमा कुराकानी भएको हो। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले टेलिफोन कुराकानीको पुष्टि गर्दै दुई नेताबीच आफ्ना देशहरूको स्वार्थ मिल्ने र सिद्धान्त र विचार फरक पर्ने क्षेत्रहरूका बारेमा कुरा भएको जनाएको छ।

गत सात महिनायता विश्वका यी दुई शक्तिशाली राष्ट्रका नेताहरूबीच प्रत्यक्ष कुराकानी भएको थिएन। बाइडेनले गत जनवरीमा अमेरिकी राष्ट्रपतिको सपथ लिएका थिए। पछिल्लो समय अमेरिका र चीनबीच व्यापार युद्ध जारी छ भने साउथ चाइना सीबारे पनि दुई देशबीच मतभिन्नता बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved