६ जनाको हत्या आरोपीलाई आज सार्वजनिक गर्दै संखुवासभा प्रहरी

  • भदौ २७, २०७८
  • कालापानी मिडिया
alt

संखुवासभा । संखुवासभाको मादी नगरपालिका-१ उम्लिङ खोला गाउँमा सामूहिक हत्यामा संम्लग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले हत्यामा संम्लग्न भएको आरोपमा मादी -१ उम्लिङ खोला गाउँकै २६ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरेको छ। हत्यामा संम्लग्न देखिएका लोकबहादुरलाई बिहान १० बजे चैनपुरमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए।

इलाका प्रहरी कार्यालय चैनपुरमा हुने पत्रकार सम्मेलनमा प्रदेश नम्बर १ का प्रहरी प्रमुख डिआइजी अरुणकुमार बीसी, संघीय प्रहरी इकाइ कार्यालय धरानका एसपी भीम दाहाल र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० टोलीका डीएसपी रुगम कुँवर समेत उपस्थित हुने डिएसपी सुवेदीले बताए। हत्यामा संलग्ग्न भएका लोकबहादुरलाई शनिबार पक्राउ गरिएको हो।

गत सोमबार मादी –१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो। घटनाको अनुसन्धानका लागि प्रदेश नम्बर १ का प्रहरी प्रमुख डिआइजी अरुणकुमार बीसी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० लगायतको टोली घटनास्थल आइपुगेको थियो। ठूला अपराधका घटनाको अनुसन्धानमा सक्रिय सिआईबीलाई यो घटनामा पनि सफलता प्राप्त मिलेको छ।
प्रहरीले लोकबहादुरको घर नजिकैबाट घटनामा प्रयोग भएको रगतले लतपतिएको कपडा र हथौडा बरामद गरेको जनाएको छ। लोकबहादुर मृतक तेजबहादुरका भतिजा हुन्। लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको बयान दिएका छन्। तर, घरका अन्य सदस्य पनि आएपछि अरुलाई पनि मार्न बाध्य भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कार्की डिप्रेसनको औषधि खाइरहेका थिए।

लोकबहादुरले आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ। व्यक्तिगत रिसइबीका कारण हत्या भएको प्रहरीले जनाएको छ।

हत्यारा समात्न डिआइजी आफै घटनास्थलमा

सामूहिक हत्या प्रकरणका अनुसन्धानका लागि प्रदेश नम्बर १ का प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसी आफै घटनास्थल पुगेका थिए। डिआइजी बिसी घटनाको अनुसन्धान गर्ने बुधबार घटनास्थलमादी–१ खोला गाउँमा आइपुगेका हुन्। त्यस्तै गरी हत्या प्रकरणका अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को टोली लिएर डीएसपी रुकमबहादुर कुँवर सहितको टोली मंगलबार घटनास्थल आइपुगेको थियो। अनुसन्धानको क्रममा मृतकको घर भित्र खानतलासी गर्दा ४ लाख ७१ हजार रुपियाँ र केही सुनका गरगहना सुरक्षित रुपमा फेला परेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved