नेपाल मगर सघं केराबारीद्धरा बिगत ५ बर्ष देखि निरन्तर रुपमा मनाउदै आएको माघ्या सकराटी यसबर्ष पनि मोरङको केराबारीमामा भब्य रुपमा मनाउने भएको छ ।
नेपाल मगर सघं गाँउपालीका समन्वय समिती केराबारी मोरङको आयोजनामा मगर समुदायको पहिचान झल्कने विभिन्न क्रियाकलाप गरेर मोरङको केराबारी गाँउपालिका वडा नं ५ लामिछानेटारमा कार्यक्रम मनाईने भएको हो ।
कार्यक्रममा मगर समुदायको मौलिक नाच हुर्रा नाच देखाईने , साथै मगर समुदायकै मौलिक स्थानीय स्तरका अर्गानिक खाना खुवाउनका निम्ती दुई हजार टपरी समेत तयार भईसकेको आयोजकले बताएका छन् ।
नेपाल भ्रमण बर्ष २०२० सफल पारौ मगर समुदायको मौलिक खानाको स्वाद र सस्कृती सगँ रमाऔ भन्ने मुल नारा रहेको उक्त कार्यत्रममा प्रदेश नं १ ख का माननिय सांसद उपेन्द्र घिमीरे प्रमुख अथिती रहने आयोजकले बताएका छन् ।
शुक्रबार इटहरीमा रहेको सप्तकोशी अनलाईनको सभाहलमा पत्रकार सम्मेलन गर्दै आयोजकले यस्तो बताएका हुन् ।
कार्यत्रमको निम्ती आबश्यक पर्ने रकम आफुहरुले नै ब्यक्तीगत रुपमा ब्यबस्थापन गर्दै आईरहेको समेत आयोजकले पत्रकार समेलनमा बताए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved