प्रि - ओपन सेसनमा नेप्से परिसूचक १५/३९ अंकले बढ्यो

  • भदौ २८, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १५ दशमलव ३९ अंकले बढेको छ ।

प्रि ओपन सेसनमा नेप्से परिसूचक २ हजार ९६२ दशमलव ८१ विन्दुमा पुगेको हो । उक्त अवधिमा कारोबारमा आएका ६१ ओटा कम्पनीको १७ हजार ६६७ कित्ता शेयरको रू. १ करोड २१ लाख ५८ हजार ८७२ बराबरको शेयर खरीदविक्री भएको छ ।

त्यसैगरी प्रि - ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री हाइड्रो इलेक्ट्रीसिटी एण्ड डेभलपमेण्ट कम्पनीको भएको छ । उक्त अवधिमा कम्पनीको रू. १८ लाख ७४ हजार ६३९ बराबरको शेयर खरीदविक्री भएको हो ।

त्यसैगरी कारोबारमा आएका ६१ ओटा कम्पनीहरु मध्ये ५० ओटा कम्पनीको शेयरमूल्य बढेको छ भने छ ओटा कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै चार ओटा कम्पनीको भने शेयरमूल्य स्थिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved