धुलोले हैरान भएको भन्दै भद्रपुरका स्थानीयले गरे सडक बन्द

  • भदौ २८, २०७८
  • कालापानी मिडिया
alt

झापा । जिल्ला सदरमुकाम चन्द्रगढीका स्थानीय र व्यवसायीले तीन घण्टा मुख्य सडक बन्द गरेका छन्। ठेकेदारले समयसम्म कालोपत्रे नगर्दा सडकबाट आएको धुलोले पीडित भएको भन्दै स्थानीय र व्यवसायीले सोमबार बिहान ८ बजेदेखि ११ बजेसम्म सडक बन्द गरेको स्थानीय व्यवसायी रमेश न्यौपानेले जानकारी दिए।

उनीहरुले मेची राजमार्गको चारआली–केचना सडक खण्डअन्तर्गत कृषि विकास बैंक अगाडि देखि ट्रेड युनियन चोकसम्मको करिब ३०० मिटर सडकमा डोरी लगाएर बन्द गरेका थिए। सदरमुकाम जोड्ने मुख्य सडक बन्द हुँदा सवारीसाधन अवरुद्ध भएको थियो।

पीडितले मुख्य सडक बन्द गराएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सडक खुलाउन सहजीकरण गरेको डिएसपी राकेश थापाले बताए। त्यसपछि भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको रोहबरमा निर्माण कम्पनीका प्रतिनिधि मेघराज भट्टराई र पीडित स्थानीयबीच एक बुँदे लिखित सहमति भएको छ। सडकको निर्माण मंगलबारदेखि सुरु गर्ने र सहमतिअनुसार काम नभए फेरि सडक बन्द गर्ने सहमति भएको स्थानीय नवराज घिमिरेले जानकारी दिए।

चारआलीदेखि केचनासम्मको ४० किलोमिटर कालोपत्रे सडक निर्माण कार्यअन्तर्गत २० किलोमिटर सडक निर्माणको ठेक्का कालिका, कनकाई र याकथुमहाङ जेभीले २०७३ असोज १७ गते ३० महिनामा काम सक्ने गरी लिएको हो। सम्झौताको अवधि सकिए पनि निर्माण कम्पनीले म्याद थपेर अहिले पनि ठाउँ–ठाउँमा कालोपत्रे गरिरहेको हुलाकी राजमार्ग आयोजना क्षेत्रीय कार्यालय इटहरीले बताएको छ। भद्रपुरको सदरमाथाचोकदेखि संगमचोक, भानुनगर हुँदै गिरी चोकसम्म कालोपत्रे गर्ने काम बाँकी छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved