राप्रपाले २९७ औं पृथ्वी जयन्ती भब्य रूपमा मनाउने

  • पुस २६, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौं । राप्रपाले हरेक वर्ष झैं यसपटक पनि २९७ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

राजधानीको नेपाल पुलिस क्लबमा आयोजना गरिएको चियापानका लागि प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेताहरू, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, संवैधानिक अङ्ग र सुरक्षा निकायका प्रमुखहरु, निजामती सेवाका वरिष्ठ अधिकारीहरु, विदेशी कुटनैतिक नियोगका प्रमुखहरु, उद्योगी, व्यबसायी, बुद्धिजीवी, पत्रकार, नागरिक समाज, पेशागत संघसंस्था र सामाजिक जीवनका लब्ध प्रतिष्ठित व्यक्तिहरुलाइ निमन्त्रणा गरिएको राप्रपाले जनाएको छ ।

राप्रपाले नेपालीलाई नाम र पहिचान दिने राष्ट्र निर्माता पृथ्वीनारायण शाहको राष्ट्र निर्माणमा भएको योगदानको उच्च सम्मान गर्न माग गरिरहेको छ । गत पौष ४ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई पर्वको रुपमा मनाउन र सो दिन सार्वजनिक बिदा दिन पनि सरकारसंग माग गरेको छ ।

यसैगरी नेपाली नोटमा राष्ट्र निर्माताको तस्बिर अंकित गर्न पनि राप्रपाले माग गरेको छ । हरेक वर्ष झैं उल्लासमय ढंगबाट पृथ्वी जयन्ती मनाउन राप्रपाले पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा पृथ्वी जयन्ती समारोह समिति नै गठन गरेको छ । यसैगरी राप्रपाको विभिन्न जिल्ला समिति, भातृ संगठन र विभागले विविध कार्यक्रम गरि पृथ्वी जयन्ती मनाउने तयारी गरिरहेको छ ।

विद्यार्थी संगठनले क्याम्पसहरुमा पृथ्वीनारायण शाहको योगदान बारे चर्चा गर्न र युवा पुस्ता माझ छलफल चलाउन अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ, यसैगरी कला साहित्य विभागले कवि गोष्ठी, ट्रेड युनियनले रक्तदान र सम्पूर्ण भातृ संगठनले संयुक्त रुपमा प्रवचन गोष्ठीको आयोजना गरेको छ ।

राप्रपाले यसपटक अध्यक्ष कमल थापाको नामबाट दश हजार निमन्त्रणा कार्ड वितरण गरेको छ । राप्रपाले २०६६ सालदेखि हरेक वर्ष पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान आयोजना गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved