पाँच घण्टादेखि ट्रकमुनि च्यापिएका चालकको उद्धारमा समस्या

  • आश्विन १८, २०७६
  • कालापानी मिडिया
alt

दाङ ।  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङ खण्डमा भएको सवारी दुर्घटनामा घाइते भई पाँच घण्टादेखि ट्रकमुनि च्यापिएका चालकको उद्धारमा समस्या भएको छ ।

शुक्रबार बिहान भालुबाङबाट लमहीतर्फ जाँदै गरेको ना १ ख ४७९३ नम्बरको ट्रक र धनगढीबाट काठमाण्डौ जाँदै गरेको बा ५ ख ५२८३ नम्बरको बस राप्ती गाउँपालिका–२ को बराखुट्टीमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर च्यापिएका ट्रक चालकको च्यापिएको पाँच घण्टा भइसक्दा पनि उद्धार हुन सकेको छैन । बस चालकको भने उद्धार गरिएको इलाका प्रहरी कार्यालय भालुबाङले जानकारी दिएको छ । बस चालक घोडाघोडी नगरपालिका–१ निवासी २२ वर्षीय अरुण चौधरीको उद्धार गरिएको हो ।

ट्रक चालक अझै च्यापिएको र परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर च्यापिएका चालकको उद्धार गर्न उपकरण नहुँदा समस्या परेको हो । क्रेन र टोचन नहुँदा सामान्य ब्लेडले ट्रक काटेर उद्धार गर्दा धेरै समय लागेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा दुवै चालकसहित १३ जना यात्रु घाइते भएका छन् । जसमध्ये तीन जनालाई थप उपचारको लागि जिल्ला बाहिर लगिएको छ । १० जनाको राप्ति पोलिक्लनिक भालुबाङमा उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved