तालिबान सरकारभित्र विवाद चर्कियो, सह-संस्थापकले काबुल छाडे

  • भदौ ३०, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । अफगानिस्तानमा तालिबानले गठन गरेको अन्तरिम सरकारमा विवाद देखिएको छ।

राष्ट्रपति भवनमा तालिबानका सह(संस्थापक मुल्लाह गनी बरादर र खलील उर रहमानबीच भनाभन हुनुका साथै दुई जनाबीचको वादविवादपछि उनीहरूका समर्थक एकआपसमा भिडेका समाचार सार्बजनिक भएको छ।

गत महिना मात्रै तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेको थियो। अफगानिस्तानलाई इस्लामिक गणतन्त्रबाट इस्लामिक इमिरेट्स बनाएको तालिबानले सेप्टेम्बर ७ मा मन्त्रिपरिषद् गठन गरेको थियो। मन्त्रीमण्डलमा अमेरिका लगाइतका देशले आतंककारीको सूचीमा राखेको हक्कानी नेटवर्कका सदस्यसमेत रहेका छन्।

उक्त वादविवाद प्रत्यक्ष देखेका तालिबानका एक शीर्ष नेताले घटनाबारे जानकारी दिएका बीबीसीले जनाएको छ। बरादर तालिबान सरकारको संरचनालाई लिएर खुसी नभएको बताइएको छ। अफगानिस्तानमा तालिबान सरकारको नेतृत्व नै गर्ने सम्भावना रहेका भनिएका बरादर सार्वजनिक रूपमा नदेखिएपछि आन्तरिक विवादबारे चर्चा भएको हो।

उनले राजधानी काबुल छाडिसकेको र कन्दाहार गएको दाबी गरिएको छ। यस्तै तालिबानका एक प्रवक्ताले पनि शीर्ष नेतासँगको भेटघाटका लागि बरादर कन्दाहार गएको दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved