भीमदत्त नगरपालिकालाई उच्च अदालतको परमादेश

  • भदौ ३०, २०७८
  • कालापानी मिडिया
alt

कञ्चनपुर । उच्च अदालतल दिपायल महेन्द्रनगरले नगर क्षेत्रको फोहोर व्यवस्थापन गर्न भीमदत्त नगरपालिकासहित सात जनाका नाममा परमादेश जारी गरेको छ।

अधिवक्ता धर्मानन्द जोशीले भीमदत्त नगरपालिका क्षेत्रमा फोहोर व्यवस्थापन हुन नसक्दा वातावरण प्रदूषण भएका भनी उच्च आदालतमा रिट दायर गरेका थिए। उनको रिटमाथि उच्च आदालत दिपायल महेन्द्रनगर इजलासका न्यायाधीशद्वय प्रभा बस्नेत र कृष्णलाल भट्टराईको इजलासले भीमदत्त नगरपालिकालाई नगर क्षेत्रको फोहोर व्यवस्थापन गर्दै नागरिकलाई स्वच्छ वातावरण बाँच्न पाउने अधिकारको सुनिश्चिता गरिदिन आदेश दिएको हो।

अधिवक्ता जोशीसहित अर्का अधिवक्ता कृष्णदत्त जोशी, पदम पालले उक्त मुद्दामा बहस गरेका थिए। अधिवक्ता जोशीले नगर क्षेत्रमा रहेको फोहोर व्यवस्थापन नगरेको भन्दै भीमदत्त नगरपालिका, जिल्ला प्रशासन कार्यालय, भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्ट, उपप्रमुख सुशील सिंह, प्रमुख जिल्ला अधिकारी रामकुमार पाण्डे, भीमदत्त नगरपालिका(४ का वडाध्यक्ष लक्ष्मीदत्त बोहरा र प्रशासकीय अधिकृत हरिसिह धामीविरुद्धमा रिट दायर गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved