कञ्चनपुरका छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर दुई जनाको मृत्यु

  • भदौ ३१, २०७८
  • कालापानी मिडिया
alt

कञ्चनपुर । कञ्चनपुरका छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । कञ्चनपुरको बेदकोट नगरपालिका स्थित दैजी–बेलडाँडी सडक खण्डसँगै रहेको नहरमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवकको शव बिहीबार बिहान फेला परेको छ ।

बुधबार साँझ नहरमा पौडी खेल्ने क्रममा बेपत्ता भएका बेदकोट नगरपालिका वडा नम्बर १० बस्ने ३५ वर्षीय लक्ष्मण पन्तको अबेर रातीसम्म खोजी गर्दा कुनै पत्तो नलागेपछि बिहीबार बिहान पुनः सुरक्षाकर्मी र स्थानीय युवाहरूको टोली खोजीका लागि खटिएको थियो । त्यस क्रममा पन्तको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक शिद्धराज न्यौपानेले बताउनु भयो । पन्तको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।

त्यस्तै, कञ्चनपुरको बेलौरी स्थित बन्दा तालमा डुबेर बेलौरी नगरपालिका वडा नम्बर ३ पडाव बस्ने २५ वर्षीय जीत बहादुर चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काले जानकारी दिनुभयो । बुधबार अपराह्न बन्दा तालमा डुबेको खबर पाए लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय युवाहरूको संयुक्त टोली उद्धारमा खटिएको थियो ।

करिब दुई घण्टापछि तालको दलदलमा फसेको अवस्थामा चौधरीको शव परेको थियो । सशस्त्र प्रहरी बल नेपाल, शैलेश्वरी गण झलारीमा कार्यरत रहेका चौधरी बिदामा घर आएको बेला नजिकैको बन्दा तालमा गएको र अकस्मात् तालको पानीमा डुबेर ज्यान गुमाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved