काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले आजबाट पार्टी कार्यालय सञ्चालनमा ल्याउने भएको छ । एमालेमाबाट विभाजन भएर नेको एकीकृत समावादीले काठमाडौंको नयाँबानेश्वरस्थित आलोकनगरमा केन्द्रीय कार्यालय सञ्चालनमा ल्याउने भएको हो ।
पार्टीका अध्यक्ष माधवकुमार नेपालले आलोकनगरस्थित पूजा थापा बस्नेतको घरमा केन्द्रीय कार्यालय रहने बताउनुभएको छ । कार्यालय आज बिहान १० बजेदेखि आरम्भ हुने नेता नेपालले बताउनुभएको छ ।
उहाँले सबैबाट सकारात्मक सहयोगको अपेक्षा गरेकोसमेत बताउनुभएको छ । कार्यालयको विधिवत उद्घाटन अध्यक्ष नेपालले नै गर्ने कार्यक्रम रहेको उक्त पार्टीले जनाएको छ ।
पार्टीले संसदीय दलमा समेत आफ्नो छुट्टै दलको कार्यालय सञ्चालनमा ल्याइसकेको छ । त्यस्तै प्रदेशसभाहरुमा समेत एकीकृत समाजवादी पार्टीले मान्यता पाइसकेको छ । गएको भदौ २ गते एमालेबाट अलग भएर एकीकृत समाजवादी बनेको हो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved