एजेन्सी । अफ्रिकी मुलुक नाइजेरियाको बिद्रोही समूह बोको हरामले अपहरण गरेका १० जना छात्राहरुलाई रिहा गरेको छ । अझै २१ जना छात्राहरु बोको हरामको कब्जामा रहेको त्यहाँको सरकारले जनाएको छ ।
गत जुलाईमा उक्त समहुले स्थानीय बेथेल ब्यापटिष्ट बिद्यालयको छात्राबासमा प्रवेश गरी १ सय २० छात्र छात्राको अपहरण गरेको थियो । केहीलाई यसअघि नै रिहा गरिसकिएको थियो भने २१ जनालाई अझै नियन्त्रणमा राखिएको छ ।
नाइजेरियास्थित युनिसेफ प्रतिनिधी पीटर हाकिन्सले बोको हरामले एब बर्ष भित्रमा १४ सय बिद्यार्थी अपहरण गरेको दाबी गर्दै सबैको रिहाइको पहल जारी रहेको बताएका छन् । सो समूहले १६ बिद्यार्थीको हत्या पनि गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved