यी स्थानमा आजदेखि दशैंका लागि नयाँ नोट साट्न पाइने

  • आश्विन ४, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) देखि दशैंका लागि नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकले यस वर्ष दशैं सुरु हुन केही समय अगाडिदेखि नै नयाँ नोट वितरण गर्ने भएसँगै आजदेखि सर्वसाधरणले नयाँ नोट साट्न पाउने भएका हुन् ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले धेरै भिडभाड नहोस् भनेर यस वर्ष चाडैदेखि नयाँ नोट वितरण गर्न लागिएको बताए । उनले भने, ‘कोरोना महामारी केही कम भए पनि जोखिम कायमै छ । जसले गर्दा भिडभाड नहोस् भनेर यस वर्ष चाडैदेखि नयाँ नोट वितरण गर्न लागिएको हो ।’

प्रवक्ता ढकालले आजबाट नयाँ नोट वितरण गर्न सबै बैंक तथा वित्तीय संस्थालाई माग अनुसारको नयाँ नोट पठाइसकिएको पनि जानकारी दिए । ‘यस वर्षको दशैँका लागि नयाँ नोट साट्न भिडभाड नहोस् भनेर आजदेखि नयाँ नोट वितरण गर्न लागेका छौँ । बैंक वित्तीय संस्थालाई पनि आवश्यकता अनुसार माग भएजतिको नयाँ नोट पठाएका छौँ ।’ उनले भने, ‘सम्भवतः सबै बैंक वित्तीय संस्थाले आजैबाट नोट वितरण नगर्न सक्छन् । तर, प्रत्येक वित्तीय संस्थालाई १र२ ठाउँबाट भए पनि आजदेखि नयाँ नोट वितरण गर्नु भनेका छौँ ।’

उनका अनुसार राष्ट्र बैंकले बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयहरूबाट नयाँ नोट वितरण हुनेछ । साथै ‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि नयाँ नोट वितरण गर्नेछन् । हरेक वर्ष दसैँमा नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले गत वर्ष कोरोना महामारीका कारण नयाँ नोट वितरण गरेको थिएन । यस वर्ष कोरोना सङ्क्रमण निकै घटेपछि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्न लागेको हो ।

राष्ट्र बैंकका मुद्रा व्यवस्था विभागका प्रमुख तथा कार्यकारी निर्देशक रेवती नेपालले राष्ट्र बैंकका सबै कार्यालयबाट नयाँ नोट वितरण गरिने बताए । उनले भने, ‘आज सोमबारबाट राष्ट्र बैंकको केन्द्रीय कार्यालयदेखि सबै प्रदेशका कार्यालयहरूबाट नयाँ वितरण हुन्छन् । अन्य निजी बैंक तथा वित्तीय संस्थाले कहिलेबाट बाँड्छन् त्यो यकिन भएको छैन ।’

उनका अनुसार राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म सटही सुविधा दिने भएको हो । ५, १०, २०, ५० र १०० का १र१ प्रति बन्डलसम्म सटही हुने गरी यो सुविधा दिने भएको हो । यस वर्ष करिब १० देखि १२ अर्ब रुपैयाँका साना दरका नोट सटही हुने अनुमान राष्ट्र बैंकको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved