बाँकेमा थप दुई जना संक्रमितको मृत्यु

  • असोज ४, २०७८
  • कालापानी मिडिया
alt

बाँके । कोरोना भाईरस९कोभिड–१९० संक्रमणबाट बाँकेमा थप दुई जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँके र दाङका रहेका छन् । दुबै जना संक्रमितको भेरी अस्पतालमा १० मिनेटको फरकमा मृत्यु भएको हो ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रका अनुसार संक्रमणबाट खजुरा गाउँपालिका वडा नम्बर ४ बाँकेकी ७५ वर्षीया महिलाको मृत्यु भएको छ । भेरी अस्पतालमा गत भदौं २८ गते पिसिआर परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ भएको थियो । त्यसपछि उनी भोलीपल्ट भेरी अस्पतालमा भर्ना भएकी थिईन् । स्वास्थ्यमा कुनै सुधार नआएपछि उनको आइतबार बेलुकी ७ बजेर २० मिनेटमा मृत्यु भएको कोभिड फोकल पर्सन तेज ओलीले जानकारी दिए । यस्तै दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का ८२ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको छ । दाङमा गत भदौं १८ गते पिसिआर परिक्षण गराउँदा उनलाई कोरोना पुष्टी भएको थियो । त्यसपछि उनी भोलीपल्ट भेरी अस्पताल नेपालगन्ज आएर भर्ना भएका थिए ।

स्वास्थ्य अवस्था झन् गम्भिर बन्दै गएपछि उनको आइतबार बेलुकी ७ बजेर ३० मिनेटमा मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिए । यो संगै कोरोना संक्रमणबाट बाँकेका ३ सय ३२ जनाको मृत्यु भइसकेको छ । यस्तै कोरोना संक्रमण भएर उपचारका लागि आएका बाहिरी जिल्लाका ४ सय १४ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved