मेयरलाई मुक्का हान्ने व्यक्ति गणेश पङगेनी

  • आश्विन ४, २०७८
  • कालापानी मिडिया
alt

सुरज घिमिरे, बुटवल । पहिरो अवलोकन गर्न गएका मेयरलाई मुक्का प्रहार गर्ने पहिरो पीडित गणेश पङगेनी रहेको पुष्टि भएको छ । बुटवलको ज्योतिनगर आसपासमा गएको पहिरो अवलोकन गर्न गएका बुटवल उपमहानगरपालिका मेयर शिवराज सुवेदीलाई पङगेनीले मुक्का प्रहार गरेका थिए ।

रातिदेखि परेको पानीले पहिरो खसेर केही घरमा क्षति पुगेको र नाली थुनिएको सूचना पाएपछि उपमहानगरका प्राविधिक लिएर प्रमुख सुवेदी प्रभावित क्षेत्रमा गएकाथिए । उनीसंगै उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी, इन्जिनियरहरु सुमन श्रेष्ठ, योगेश चापागाइँ, लक्ष्मण अर्याल, नगर योजना आयोगका अधिकारीसहितको टोली निरीक्षणमा पुगेको थियो ।

पहिरो प्रभावित क्षेत्रका पीडितलाई प्रत्यक्ष भेट्ने, उद्धारका काममा ढिलाई र कमी हुन नदिने, त्यहाँ भइरहेका सुरक्षा प्रबन्धका कामलाई प्रभावकारी बनाउन लगाउने र प्रत्यक्ष अवलोकन गर्न प्रमुख सुवेदी त्यहाँ पुगेको उपमहानगरले जनाएको छ ।

सोही क्रममा नुरुप्रसाद पङ्गेनीका छोरा २६ वर्षीय गणेश पङगेनीले मेयर सुवेदी माथि मुक्का प्रहार गरेका थिए । पहिरोका कारण घर पूर्ण रुपमा क्षती भए पछि पहिरो पीडित नुरुप्रसादको परिवार आफन्तीको बस्दै आएको छ । पङेगनीको परिवारमा ५ जना रहेको छन् ।

पहिरोबाट घर लगायत घरमा भएका सबै साम्रगी पूर्ण रुपमा क्षति हुँदा समेत राज्यले सहयोग नगरेको भन्दै उनी आकोशित थिए । बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष लालप्रसाद बस्याल गणेश पङगेनीको पहिरो पीडित भएको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved