विर्तामोड। महाधिवेशनको मिति नजिकिएसँगै राप्रपामा प्रवेश गर्नेहरुको संख्या पनि बढ्न थालेको छ।
कार्तिकमा हुने भनिएको पार्टीको महाधिवेशनमा अध्यक्षका दाबेदारका रुपमा हेरिएका राजेन्द्र लिङदेनको गृह जिल्ला झापामा राप्रपा प्रवेश गर्नेको संख्या बढ्न थालेको हो। झापामा पछिल्लो एक महिनामा मात्र ११ सय जनाले राप्रपामा प्रवेश गरेका छन्। प्रतिनिधि सभा सदस्यसमेत रहेका लिङदेनले चलाएको पार्टी प्रवेश अभियानअन्तर्गत झापाका विभिन्न पालिकाबाट उक्त संख्यामा अन्य पार्टीका नेता कार्यकर्ता राप्रपा प्रवेश गरेका हुन्।
जनताको घरघरमा गएर उनिहरुको पिर मार्कामा साथ दिने लिङ्देन यतिवेला झापामै छन् । उनि हरेक दिन बिभिन्न पार्टीका नेता कार्यकर्ता देखी सर्वसाधारण जनतालाई राप्पा प्रवेश गराइ राखेका छन् । नव प्रवेशीहरु लिङ्देनको लगाव र मिहिनेत र बिचार संग प्रभावित भएर राप्रपा प्रवेश गरेको बताउँछन् । उनिहर भन्छन्, आज सम्म अन्य पार्टीमा वसेर हेरीयो, उनिहरुसंग काम गरियो, विकास र सुशासनको आस गरीयो तर कसैले पनि लिङ्देनको जस्तो निस्वार्थ भावनाले जनताकालागि काम गरेको देखिएन । केही आँसा र भरोसाले नै हामी राप्रपा प्रवेश गरेका हौ ।,
नेता लिङदेनका अनुसार राप्रपा प्रवेश गर्नेमा अधिकांश युवा छन् भने एमाले, कांग्रेस, माओवादी केन्द्रलगायतका दल परित्याग गर्नेहरु पनि उल्लेख्य संख्यामा रहेका छन्। बाह्रदशी, हल्दिवारी, भद्रपुर, कचनकवल र विर्तामोड लगायतका ठाउँबाट ठूलो संख्यामा अन्य दलका नेता कार्यकर्ताहरु राप्रपा प्रवेश गरेका हुन्। गएको संघीय निर्वाचनमा झापा क्षेत्र नं ३ बाट कांग्रेस नेता कृष्ण सिटौलालाई भारी मतान्तरले हराउँदै संसद प्रवेश गरेका लिङदेन पछिल्लो समय पार्टीको नेतृत्व हाँक्नसमेत तयारी गरिरहेका छन्।
भ्रष्टाचार, बेथिति र अनियमितताका विषयमा आवाज उठाउँदै आएका लिङदेनले राप्रपामा युवाहरुको आकर्षण बढिरहेको भन्दै पार्टी प्रवेश अभियान तीब्र रुपमा सञ्चालन भइरहेको बताए। उनले भने, देशको पछिल्लो अवस्थाले पनि आम जनसमुदायमा बितृष्णा पैदा हुँदै गएको छ, कांग्रेस कम्युनिष्टको सुशासनपनि जनताले देखिसके। अब उनीहरु केही फरक चाहान्छन् र त्यो फरकको अनुभूति दिलाउने गरी राप्रपा अघि बढिरहेको छ।’
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved