सप्तरी । सप्तरीको खडक नगरपालिकामा सर्पले टोकेर एकै परिवारका दुई जना दिदी–भाइको ज्यान गएको छ ।
सर्पले टोकेर नगरपालिकाको वडा नम्बर २ सिस्वाबेल्हीका १४ वर्षीया सुनिता मण्डल र उनका भाइ ९ वर्षीय कृष्णको ज्यान गएको प्रहरीले जनाएको छ । घरमा राति सुतेको ठाउँमा सर्पले टोकेपछि उनीहरूलाई अस्पताल लगिएको थियो ।
सुनिताको उपचारका क्रममा सिरहाको लहानमा रहेको रामप्रसाद उमाप्रसाद स्मारक अस्पतालमा ज्यान गएको र कृष्णको राजविराजमा रहेको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा ज्यान गएको सप्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved