कञ्चनपुरमा कल्भर्ट निर्माण गर्दा भारतीय सीमा सुरक्षा बल (एसएबी)को अवरोध

  • असोज ८, २०७८
  • कालापानी मिडिया
alt

कञ्चनपुर । भीमदत्त नगरपालिका­-९ ब्रह्मदेवमा कल्भर्ट निर्माण गर्दा भारतीय सीमा सुरक्षा बल (एसएबी)ले अवरोध गरेको छ।

ब्रह्मदेव बजारको पश्चिमतर्फको नेपाली भूमिमा रहेको नाला दशगजा क्षेत्रमा पर्ने भन्दै एसएसबीले कल्भर्ट निर्माणमा अवरोध गरेको हो। निर्माण रोक्न दुईजना एसएसबीका जवानलाई खटाइने गरिएको छ।

ब्रह्मदेवको सिद्धनाथ मन्दिरदेखि ब्रह्मदेव बजारसम्म बनाउन लागिएको सडक कालोपत्रेअन्तर्गत नालामा कल्भर्ट बनाउन लागिएको छ। तर एसएसबीले अवरोध गरेपछि सात महिनादेखि कल्भर्ट निर्माण अवरुद्ध छ। भीमदत्त नगरपालिकाले बाह्य चक्रपथअन्तर्गत सिद्धनाथ मन्दिरदेखि ब्रह्मदेव बजार पश्चिम कुनासम्म नालीसहितको ६७० मिटर सडक निर्माण भैरहेको छ।

‘सडकअन्तर्गत नालामा कल्भर्ट बनाउन सुरु गर्दा एसएसबी आएर दशगजामा पर्‍यो भनेर काम अघि बढाउन नदिइएको सडक निर्माण कम्पनी कैलाश राखी जेभीका सञ्चालक चन्द्र सिह कार्कीले बताए ।
कार्कीले सडक निर्माणका लागि एक करोड ९५ लाख रुपैयाँमा ठेक्का लिएको छ। गत वर्षदेखि निर्माण सुरु गरिएको ठेक्का सम्झौता असोजमा सकिन लागेको छ।

यसअघि भारतीय एसएसबीले ब्रह्मदेव बजारदेखि भारतीय भूमिसम्म निर्माण हुने सडक निर्माण पनि रोकेको थियो। एसएसबीले सीमा विवादको कारण देखाउँदै सडक निर्माण रोकेको थियो। टकनपुर बाँध नजिकको नेपाली भूमिमा सडक निर्माण रोकिए पनि आफ्नो क्षेत्रमा भने भारतले पक्की सडक बनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved