घटस्थापनाको साइतमा मन्त्रिमण्डल विस्तार गर्ने प्रधानमन्त्री देउवाको कसरत

  • असोज २१, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन्। सत्ता गठबन्धनका नेताहरुसँग दुई दिनयता भएका लगातार छलफलपछि देउवाले आज मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका हुन्।

सत्तागठबन्धनका दलहरुबीच मन्त्रालय बाँडफाँटमा सहमति भइसकेको छ। सहमतिअनुसार नेपाली कांग्रेसले ७, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले ५-५ र जसपाले ४ मन्त्रालय पाउने छन्। गठबन्धनको अर्को दल राष्ट्रिय जनमोर्चा भने सरकारमा सहभागी हुने छैन्।

नेकपा माओवादी केन्द्रले मन्त्री हुनेहरुको नाम पनि टुंगो लगाइसकेको छ भने नेकपा एकीकृत समाजवादी पार्टीले आज थप छलफल गरेर नाम पठाउँदैछ। जनता समाजवादी पार्टीले मन्त्रीका नाम टुंगो लगाउन बिहानैदेखि छलफलमा छ। जसपाले मन्त्रीको नाम टुंगो लगाउन शीर्ष नेतालाई जिम्मा दिएको छ। सोही अनुरुप अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई आज विहानैदेखि छलफलमा जुटेको नेता मोहम्मद ईस्तियाक राईले जानकारी दिए।

एकीकृत समाजवादीमा पनि मन्त्री बन्नेहरुको यसअघि नै लगभग टुंगो लागिसकेको छ। नाम सिफारिसका लागि एकीकृत समाजवादी पार्टीले आज बिहान ११ बजे स्थायी कमिटीको बैठक बोलाएको छ।

प्रधानमन्त्री देउवाले आफ्नै पार्टीभित्र आज थप छलफल गरी साँझसम्ममा मन्त्रिपरिषद् विस्तारको तयारी गरेका उनको सचिवालयले जनाएको छ। कांग्रेसमा हिजो भएको छलफलमा इतरपक्षसँग मन्त्री भागवण्डामा सहमति हुन नसकेपछि देउवा आज पार्टीभित्र छलफल गर्ने र साँझसम्ममा मन्त्री परिषद् विस्तारको तयारीमा रहेको जनाइएको छ। सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई दुई जना मन्त्री दिने भनेपछि कुरा नमिलेको हो।

२०७८ साल असार २७ गते सर्वोच्च अदालतको परमादेशबाट २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले सोही दिन चार मन्त्री नियुक्त गरेका थिए। त्यसपछि साउन १० मा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई मन्त्री बनाएका देउवाले असोज ६ गते परराष्ट्रमन्त्री डाक्टर नारायण खड्कालाई नियुक्त गरेका छन्। अन्य मन्त्रालय देउवाले सम्हाल्दै आएका छन्। देउवा नेतृत्वको सरकार बनेको आज ८७ दिन पुगेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved