साफ च्याम्पियनसिप : बंगलादेशलाई माल्दिभ्सले हरायो

  • असोज २२, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा घरेलु टोली माल्दिभ्सले पहिलो जित निकालेको छ।​ मालेस्थित राष्ट्रिय स्टेडियममा बिहीबार राति बंगलादेशलाई २९० गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले पहिलो जित निकालेको हो।

माल्दिभ्सको जितमा हाम्जा मोहमेद र अलि अस्फाकले एक एक गोल गरे। खेलको ५५ औं मिनेटमा हाम्जाले गोल गर्दै माल्दिभ्सलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि खेलको ७४ औं मिनेटमा अस्फाकले पेनाल्टीमा गोल गर्दै माल्दिभ्सलाई २९० को जित दिलाए।

यस जितसँगै माल्दिभ्सले २ खेलमा ३ अंक जोडेको छ। माल्दिभ्स तेस्रो स्थानमा उक्लिएको छ। पहिलो खेलमा माल्दिभ्स नेपालसँग १-० ले पराजित भएको थियो। बंगलादेशको यो पहिलो हार हो। यस अघि बंगलादेशले एक जित र एक बराबरीको नतिजा निकालेको थियो। बंगलादेश ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।

हिजै भएको अर्को खेलमा भारत र श्रीलंकाले गोलरहित बराबरी खेले। भारतले दुई खेलमा दुई अंक जोडेको छ।

माल्दिभ्सको जितसँग साफमा अबको समीकरण रोमाञ्चक बनेको छ। नेपाल, बंगलादेश, माल्दिभ्स र भारतमध्ये दुई टोलीले फाइनलमा उपाधिका लागि खेल्नेछन्।

नेपाललाई अब दुवै खेल बराबरी गरेमात्र पनि पुग्छ। तर, पराजित भएको अवस्थामा नेपालको यात्रा पनि कठिन बन्न सक्छ। यस संस्करणमा पाँच टोलीले मात्र सहभागिता जनाएका छन्। राउन्ड रोबिन प्रणालीमा खेलाइएको प्रतियोगितामा लिग चरणको शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved