विश्वभर एकै दिन थपिए साढे ४ लाख कोरोना संक्रमित‚ साढे ७ हजारको मृत्यु

  • असोज २२, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । विश्वभर एकै दिन साढे ४ लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा ४ लाख ५१ हजारमा संक्रमण पुष्टि भएको हो।

जसमध्ये अमेरिकामा सबैभन्दा धेरै ९६ हजार जनामा संक्रमण देखिएको छ। वेलायतमा ४० हजार ७००, टर्कीमा ३० हजार, रसियमा २७ हजार ५००, जर्मनीमा २२ हजार ४००, भारतमा २१ हजार ५०० र मलेसियामा ९ हजार ९०० जना संक्रमित थपिएका छन्।

यस्तै‚ सोही अवधिमा ७ हजार ७७३ जनाको कोरोनाका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा अमेरिकामा १ हजार ६४२, रसियामा ९२४, मेक्सिकोमा ७१३, ब्राजिलमा ४५१, जर्मनीमा ४११, भारतमा २७७, इरानमा २३३ र टर्कीमा २१७ जनाको मृत्यु भएको हो।

हालसम्म विश्वभर २३ करोड ७५ लाख ११ हजार संक्रमित भएका छन्। संक्रमितमध्ये ४८ लाख ४८ हजार ५२६ जनाको मृत्यु भएको छ भने २१ करोड ४६ लाख संक्रमणमुक्त भएका छन्। विश्वभर सक्रिय संक्रमितको संख्या एक करोड ८० लाख रहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved