कोरोनाले अभिभावक गुमाएका विद्यार्थीलाई डिसहोमको छात्रवृत्ति

  • असोज २२, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । डिसहोमले कोरोनाका कारण अभिभावक गुमाएका बालबालिकालाई छात्रवृत्ति दिने भएको छ। डिसहोमका लगानीकर्ता, कर्मचारी, देशभरका डिलर तथा सब डिलरले छात्रवृत्तिबापतको रकम दिने भएको हो।

छात्रवृत्तिका लागि यस वर्ष ४० लाख रुपैयाँ खर्च गर्ने कार्यक्रम रहेको डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्य जानकारी दिए। ‘भरोसा छात्रवृत्ति अभियान’अन्तर्गत विद्यालय तहका बालबालिकालाई मात्र समावेश गरिने जनाइएको छ।

आचार्यका अनुसार विद्यार्थी छनोट गर्दा मानव विकास सूचकांकमा पछाडि परेका कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लालाई प्राथमिकतामा राखिएको छ। तर, अभियानले सातवटै प्रदेशमा काम गर्ने उनले बताउ।

अभियानको नेतृत्व नेपाली कांग्रेसका नेता गगन थापा, डिसहोम नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्य, तथ्यांक संकलनमा कार्यरत संस्था फ्याक्ट नेपालका प्रमुख कार्यकारी अधिकृत मनिष झा, सिन्धुपाल्चोकलाई प्रमुख कर्मथलो बनाएर शिक्षा क्षेत्रमा कार्यरत संस्था हेल्प नेपालका सञ्चालक जिमी लामा र सामाजिक अभियन्ता चारु चड्डा रहेका छन्।
यो वर्ष सुरुआत भएकाले आगामी वर्ष अभियानलाई विस्तृत बनाउने गरी गृहकार्य भएको समेत आचार्यले ‘यो वर्ष सांकेतिक सुरुआत मात्र हो’, आचार्यले भने, ‘आगामी वर्ष कार्यक्रमको ढाँचालाई परिमार्जनसहित विस्तृत बनाउँछौं।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved