प्रधानमन्त्री देउवा राष्ट्रपतिलाई भेट्न शीतल निवासमा

  • आश्विन २२, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न प्रधानमन्त्री शेरबहादुर देउवा शीतल निवास पुगेका छन्। मन्त्रिपरिषद् विस्तार गर्नुअघि प्रधानमन्त्री देउवा शीतलनिवास पुगेको हुन्।

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता जारी रहेको राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। राष्ट्रपति र प्रधानमन्त्रीबीचको नियमित भेटवार्ता भएको उनले बताए।

देउवा नेतृत्वको सरकार बनेको ८९ दिनपछि आज मन्त्रिपरिषद्ले पूर्णता दिने तयारी छ। बालुवाटारमा विहीबार बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँडको टुंगाएको थियो।

सहमति अनुसार कांग्रेसलाई प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रलाई ५, जसपा र नेकपा एकीकृत समाजवादीले ४–४ मन्त्रालय पाउने छन्।

सबै दलहरुले प्रधानमन्त्री देउवालाई मन्त्रीको नाम बुझाइसकेका छन्। आजै ४ बजे मन्त्रीहरुको सपथ गराउन कार्यक्रम तय भएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved