साफ च्याम्पियनसिप : नेपाल-भारत भिड्दै

  • आश्विन २४, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ।

माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले बलियो टिम भारतसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ सुरु हुनेछ।

सात पटकको च्याम्पियन भारतविरुद्ध मैदान उत्रदा नेपाललाई सहज हुने छैन। तर, सुरुआती दुई खेलमा जित निकालेको नेपाल उच्च आत्मविश्वासको साथ मैदान उत्रनेछ। भारतविरुद्धको खेल नेपालको लागि महत्वपूर्ण रहेको छ। साफ जित्ने लक्ष्यसहित माल्दिभ्स पुगेको नेपाल भारतविरुद्ध जित निकाल्दै फाइनल पुग्न चाहन्छ।

भारतविरुद्धको खेलका लागि राम्रो तयारी गरेका छौँ। भारतविरुद्धको खेल कठिन छ हामी चरणबद्ध अघि बढी रहेका छौँ। हामीले दुई चरण पार गरिसकेका छौँ, कप्तान किरण चेम्जोङले प्रि-म्याच कन्फरेन्समा भने, लक्ष्य पूरा गर्नका लागि अर्को चरण रहेको छ। हामी जित्नका लागि ९० मिनेटसम्म प्रतिस्पर्धा गर्छौं।

प्रतियोगितामा नेपाल २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। पहिलो खेलमा माल्दिभ्सलाई १-० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३-२ ले हराएको थियो । लगातारको दुई जितले नेपाल फाइनल नजिक रहेको छ।

साफको सर्वाधिक सफल टिम भारतले अघिल्लो दुई खेलमा बराबरी खेलेको थियो। पहिलो खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेलेको भारतले दोस्रो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो।

भारत २ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ। भारत नेपालविरुद्ध स्पस्ट ३ अंकको खोजीमा हुनेछ । जसको कारण पनि भारतविरुद्धको यस खेल नेपाललाई कठिन रहेको मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बताउँछन्।

भारतविरुद्धको खेल हाम्रो लागि कठिन हुनेछ। भारत यस क्षेत्रको उत्कृष्ट टिम हो। उनीहरु ७ पटकको च्याम्पियन हुन्, प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रि-म्याच कन्फरेन्समा भने, मेरो विचारमा भारतले ९५ प्रतिशतले खेल जित्ने सम्भावना छ। ४ प्रतिशत बराबरी र १ प्रतिशत नेपालले जित्ने सम्भावना छ तर मलाई आशा छ हामी भारतसँग हार्ने छैनौँ।

भारतविरुद्ध नेपालले हालसम्म २१ खेल खेलेको छ। जसमा भारत पूर्णरुपमा हाबी छ। नेपालविरुद्ध भारतले १४ खेल जितेको छ। नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा भएको छ।

पछिल्लो पटक नेपालले भदौमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। दशरथ रंगशालामा नेपालले एक खेल बराबरी खेल्दा एक खेलमा हार व्यहोरेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved