राप्रपाले फेरि थप गर्‍यो जिल्ला अधिवेशन गर्ने समय

  • आश्विन २४, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फेरि जिल्ला अधिवेशन गर्ने समय थप गरेको छ । राप्रपाले तोकिएको समयमा जिल्ला अधिवेशन गर्न नसकेपनि फेरि म्याद थप्ने निर्णय गरेको हो । पार्टी अध्यक्षहरु डा प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर राणा र कमल थापाको उपस्थितिमा बसेको केन्द्रीय बिशेष समितिको बैठकले जिल्ला अधिवेशन गर्ने म्याद कार्तिक १४ गतेसम्म थप गर्ने निर्णय गरेको हो । राप्रपाले असोज २० गतेसम्म जिल्ला अधिवेशन गर्ने म्याद पछिल्लो समय थप गरेको थियो । तर सो अवधिमा ५२ जिल्लाको मात्रै अधिवेशन सम्पन्न भएको छ ।

बैठकले सक्रिय सदस्यता वितरण तथा डिजिटल इन्ट्री गर्ने म्याद कार्तिक १० गतेसम्मका लागि थप गर्ने निर्णय पनि गरेको केन्द्रीय सचिवालय प्रमुख भास्कर भद्रा र निमित्त प्रमुख राजेन्द्र गुरुङले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सैगरी प्रदेश सभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यहरुबाट महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन कार्तिक ११ देखि १७ गतेसम्म र ७ वटै प्रदेश कार्य समितिको अधिवेशन गर्न कार्तिक २३ गतेसम्म समय थप गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रदेश २ का साथै भक्तपुर र पाँचथर जिल्लाको हकमा सक्रिय सदस्यता वितरण तथा डिजिटल इन्ट्री गर्ने म्याद कार्तिक १५ गतेसम्म, प्रदेश सभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यहरुबाट महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन १७ गतेसम्म र जिल्ला अधिवेशन २०७८ कार्तिक २३ गतेसम्म निर्णय पनि बैठकले गरेको छ । परिमार्जित महाधिवेशन कार्यतालिका कार्तिक १ बाट लागु हुने विज्ञप्तिमा उल्लेख छ ।

राप्रपाको कार्तिक २७, २८, २९ र ३० गते काठमाडौंमा महाधिवेशन तय गरिएको छ । हाल पार्टीले महाधिवेशन नसारेको भएपनि सो समयमा महाधिवेशन हुन नसकेको निष्कर्ष निकाल्दै केही समय पर सार्नेगरी छलफल भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved