महाकाली नदिमा खतराको संकेत, जिल्लाका अधिकास गाउ वस्ती डुवानमा (फोटो फिचर)

  • कार्तिक २, २०७८
  • कालापानी मिडिया
alt

पुष्कर भट्ट, कञ्चनपु्र । महाकाली नदीको जलसतह खतरा तह पार गरेको छ । आइतबार बेलुकादेखि भइरहेको अविरल वर्षाले पानीको बहाव उच्च भएका कारण महाकाली नदीले खतराको तह पार गरेको हो । दार्चुला , बैतडी र डडेल्धुराको माथिल्लो भू–भागमा लगातार वर्षा भइरहेकाले जलसतह थप बढ्नसक्ने अनुमान गरिएको छ ।

246005556_926905321580388_1623677986334877222_n

नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनेहरूलाई मंगलबारसम्म उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । डडेल्धुरा र कञ्चनपुरका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ । तीन दिनदेखि अबिरल रुपमा परिरहेको बर्षाका कारण महाकाली नदिले ऐरीघाट नजिक बैजनाथ मन्दिर क्षेत्रमा निर्माणाधिन छ लेनको सडक कटान सुरु गरेको अवस्था छ भने भीमदत्त नगरपालिका ९ खल्लामा पनि नदिले जमिन कटान सुरु गरेको छ ।

flood-landslide-1

महाकाली नदीमा पानीको वहाव बढ्दै गएपछि भीमदत्त नगरपालिका–१२ र १३ वडाका वस्तीहरुमा मंगलवार राति देखिनै वाढि पसेको छ । गाउ वस्तीमै वाढि पस्दा तटिय क्षेत्रका वासिन्दा त्रसित वनेका छन । त्यस्ते महाकाली पारीको दोधारा चादनी नगरपालिका –१० , कञ्जभोज, कुतियाकवर लगायत गाँउ बस्तीमा जोगबुढा नदिको पानी पस्ता गाउ जलमग्न बनेको छ ।

2037349932nnn 246005556_926905321580388_1623677986334877222_n

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लगातार बर्षाभएपछि महाकाली क्षेत्रमा सुरक्षाकर्मी हाईअलटमा राखेको र वाढि पसेको गाउँ– वस्तीमा प्रहरी परिचालन गरेर सुरक्षा सतर्कता वढाएका जनाएको छ । मंगलबार  बिहान सात बजेको मापन अनुसार महाकाली नदिमा ४ लाख ६१ हजार क्युसेक पानीको जलस्तर मापन गरिएको छ  भने वर्षा नरोकीएकाले अझै पानीको बहाव बढ्न सक्ने ईलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।

246129939_1221909501643028_8097729938147094701_n

कतै खेतबारीमा पानी जमेको छ भने कतै बाढीले किसानले काटेको धान बाली बगाउको छ । अधिकांश खेतवारीमा किसानहरु बग्दै गरेको धान उठाउदै गरिरहेका छन् ।246636149_585379579249189_4128715687626245911_n 246522327_2354644587998810_2849651306367746449_n 246131546_585303556123851_7750451896686619363_n

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved