काठमाडौं । लगातारको वर्षापछि आएको बाढीले बाउलिगाडमा रहेको बसपार्कको आरसिसी वाल बगाएपछि चैनपुरको नयाँ बसपार्क बगरमा परिणत भएको छ । पुल बगरमा परिणत भएसँगै बझाङ सदरमुकाम चैनपुर समेत जोखिममा परेको छ ।
बाढीले सदरमुकाम चैनपुर मात्र नभएर जिल्लाका विभिन्न ठाउँमा क्षति गरेको छ । बाढीले बिजुलीका पोल र सडकसमेत बगाएको हुँदा विद्युत् र जयपृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved